1
यशैया 6:8
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
तब मैले यसो भन्ने प्रभुको सोर सुनेँ, “म कसलाई पठाऊँ? र हाम्रा निम्ति को जाला?” तब मैले भनेँ, “म हाजिर छु। मलाई पठाउनुहोस्!”
तुलना
अन्वेषण गर्नुहोस् यशैया 6:8
2
यशैया 6:3
तिनीहरूले एकले अर्कोलाई यसो भन्दैथिए: “सेनाहरूका याहवेह, पवित्र, पवित्र, पवित्र हुनुहुन्छ; सारा पृथ्वी उहाँको महिमाले भरिपूर्ण छ।”
अन्वेषण गर्नुहोस् यशैया 6:3
3
यशैया 6:5
म कराएँ, “धिक्कार छ मलाई! म नाश भएँ! किनकि म अशुद्ध ओठ भएको मानिस हुँ। म अशुद्ध ओठ भएका मानिसहरूको बीचमा बस्छु; अनि मेरा आँखाले राजा, सेनाहरूका याहवेहलाई देखेका छन्।”
अन्वेषण गर्नुहोस् यशैया 6:5
4
यशैया 6:1
उज्जियाह राजा मरेको वर्ष मैले प्रभुलाई एउटा अग्लो र उच्च सिंहासनमाथि विराजमान हुनुभएको देखेँ। उहाँको वस्त्रको फेरले मन्दिर ढाकिएको थियो।
अन्वेषण गर्नुहोस् यशैया 6:1
5
यशैया 6:7
तिनले मेरो मुख छोएर भने, “हेर्, यसले तेरो ओठ छोएको छ; तेरा अपराध हटाइएको छ र तेरो पाप क्षमा भएको छ।”
अन्वेषण गर्नुहोस् यशैया 6:7
6
यशैया 6:2
उहाँका मास्तिर छ-छ वटा पखेटा भएका सराफहरू थिए: तिनीहरूले दुई वटा पखेटाले आफ्ना अनुहार ढाकेका थिए, दुई वटाले तिनीहरूका खुट्टाहरू ढाकेका थिए, र दुई वटाले तिनीहरू उड्दथे।
अन्वेषण गर्नुहोस् यशैया 6:2
7
यशैया 6:6
तब सराफहरूमध्ये एक जना आफ्नो हातमा बल्दैगरेको कोइला लिएर आए, जुन तिनले वेदीबाट चिम्टाले टिपेर ल्याएका थिए।
अन्वेषण गर्नुहोस् यशैया 6:6
8
यशैया 6:9
उहाँले भन्नुभयो, “जा, र मानिसहरूलाई भन्: “ ‘तिमीहरू सधैँ सुनिरहन्छौ, तर कहिल्यै बुझ्दैनौ; तिमीहरू सधैँ हेरिरहन्छौ, तर कहिल्यै देख्दैनौ।’
अन्वेषण गर्नुहोस् यशैया 6:9
9
यशैया 6:10
यी मानिसहरूका हृदय कठोर तुल्याइदे; तिनीहरूका कानहरू मन्द गरिदे; अनि तिनीहरूका आँखा बन्द गरिदे। नत्रता तिनीहरूले आफ्ना आँखाहरूले देख्लान्, र आफ्ना कानहरूले सुन्लान्; तिनीहरूका हृदयहरूले बुझ्लान्; अनि फर्कलान् र फेरि निको होलान्।”
अन्वेषण गर्नुहोस् यशैया 6:10
होम
बाइबल
योजनाहरू
भिडियोहरू