1
प्रकाश 14:13
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
तब मैले स्वर्गबाट आएको एउटा आवाजले यसो भनिरहेको सुनेँ, “यो लेख: अब उसो प्रभुमा मर्नेहरू धन्यका हुन्।” आत्मा भन्नुहुन्छ, “हो, तिनीहरूले परिश्रमबाट विश्राम पाउनेछन्; किनकि तिनीहरूका काम तिनीहरूका साथ लाग्नेछन्।”
तुलना
अन्वेषण गर्नुहोस् प्रकाश 14:13
2
प्रकाश 14:12
परमेश्वरका आज्ञाहरू पालन गर्ने, र येशूप्रति विश्वासयोग्य भइरहने परमेश्वरका जनहरूको धीरज र सहनशीलता यसैमा हुनुपर्छ।
अन्वेषण गर्नुहोस् प्रकाश 14:12
3
प्रकाश 14:7
तिनले चर्को सोरले भने, “परमेश्वरसित डराओ, र उहाँलाई महिमा देओ; किनकि उहाँको न्यायको बेला आएको छ। उहाँको आराधना गर, जसले स्वर्गहरू, पृथ्वी, समुद्र र पानीका मूलहरू बनाउनुभयो।”
अन्वेषण गर्नुहोस् प्रकाश 14:7
4
प्रकाश 14:9-11
ती दुई स्वर्गदूतका पछि तेस्रो स्वर्गदूतले चर्को सोरले भने: “यदि कसैले त्यस पशु र त्यसको मूर्तिलाई आराधना गर्छ र त्यसको छाप निधारमा अथवा हातमा लगाउँछ भने, त्यसले पनि उहाँको क्रोधको कचौरामा केही नमिसाई तयार गरिएको परमेश्वरको क्रोधको कडा मद्य पिउनेछ। त्यसलाई पवित्र स्वर्गदूतहरू र थुमाको उपस्थितिमा बल्दैगरेको गन्धकमा यातना दिइनेछ। अनि तिनीहरूका यातनाको धुवाँ सदासर्वदा उँभोतिर उठिरहनेछ। जसले त्यो पशु र त्यसको मूर्तिको आराधना गर्छन् र जसले त्यसको नामको छाप लगाउँछन्, तिनीहरूले दिनरात आराम पाउनेछैनन्।”
अन्वेषण गर्नुहोस् प्रकाश 14:9-11
5
प्रकाश 14:1
तब मैले हेरेँ, र मेरो सामु सियोन पर्वतमा थुमालाई उभिरहनुभएको देखेँ। उहाँसँग 1,44,000 लाई देखेँ, जसको निधारमा उहाँ र उहाँका पिताको नाम लेखिएको थियो।
अन्वेषण गर्नुहोस् प्रकाश 14:1
6
प्रकाश 14:6
तब मैले बीच आकाशमा उडिरहेका अर्को स्वर्गदूतलाई देखेँ, र तिनीसित पृथ्वीमा बस्नेहरू, प्रत्येक राष्ट्र, कुल, भाषा र जातिहरूलाई घोषणा गर्नुपर्ने अनन्तको सुसमाचार थियो।
अन्वेषण गर्नुहोस् प्रकाश 14:6
7
प्रकाश 14:8
दोस्रो स्वर्गदूतले पनि आएर भने सबै राष्ट्रहरूलाई आफ्नो व्यभिचारी कामवासनाको मद्यको कचौरा पिउन लगाउने, “महान् सहर बेबिलोनको पतन भयो! पतन भयो।”
अन्वेषण गर्नुहोस् प्रकाश 14:8
होम
बाइबल
योजनाहरू
भिडियोहरू