1
प्रकाश 6:8
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
मैले हेरेँ, मेरो सामु एउटा हल्का हरियो रङ्गको घोडा थियो! त्यसको सवारलाई मृत्यु भन्ने नाम दिइएको थियो, र पातालचाहिँ त्यसको पछि-पछि लागेको थियो। तिनीहरूलाई संसारको चौथाइ भागलाई तरवारले, कालले, रूढीले र संसारका जङ्गली जन्तुहरूले मार्ने शक्ति दिइएको थियो।
तुलना
अन्वेषण गर्नुहोस् प्रकाश 6:8
2
प्रकाश 6:2
अनि त्यहाँ मैले मेरो सामु एउटा सेतो घोडा देखेँ! त्यसमाथि सवारले एउटा धनु समातेको थियो, र उसलाई एउटा मुकुट दिइयो; अनि ऊ विजय गर्ने उद्देश्यले विजयीझैँ निस्क्यो।
अन्वेषण गर्नुहोस् प्रकाश 6:2
3
प्रकाश 6:9
जब थुमाले पाँचौँ छाप खोल्नुभयो, तब मैले वेदीको मुनि तिनीहरूका आत्माहरूलाई देखेँ, जो परमेश्वरको वचनको कारण र आफ्नो साक्षी कायम राखेको कारण मारिएका थिए।
अन्वेषण गर्नुहोस् प्रकाश 6:9
4
प्रकाश 6:10-11
तिनीहरूले जोडसित यसो भने, “हे सार्वभौम, पवित्र र सत्य प्रभु, तपाईंले कहिलेसम्म संसारका बासिन्दाहरूमाथि न्याय गरेर हाम्रा रगतको बदला लिनुहुन्न र?” तब ती प्रत्येकलाई पाउसम्म लामो सेतो वस्त्र दिइयो; अनि तिनीहरूका सङ्गी-सेवकहरू र दाजुभाइ-दिदीबहिनीहरू पनि तिनीहरूझैँ मारिएर संख्यामा पूरा नभएसम्म केही समय पर्खिनू भनी तिनीहरूलाई भनियो।
अन्वेषण गर्नुहोस् प्रकाश 6:10-11
5
प्रकाश 6:4
अनि अर्को उज्ज्वल रातो घोडा आयो। उसलाई एउटा ठूलो तरवार दिइयो। त्यसको सवारलाई संसारदेखि शान्ति उठाइलैजाने र मानिसहरूले एक-अर्कालाई मारून् भन्ने अख्तियार दिइयो।
अन्वेषण गर्नुहोस् प्रकाश 6:4
6
प्रकाश 6:17
किनकि उहाँहरूको क्रोधको महा दिन आइपुगेको छ, र यसको सामना कसले गर्न सक्ला र?”
अन्वेषण गर्नुहोस् प्रकाश 6:17
7
प्रकाश 6:12-13
थुमाले छैटौँ छाप खोल्नुभएको मैले हेरेँ। तब एउटा ठूलो भुइँचालो गयो। सूर्यचाहिँ बाख्राको रौँले बनिएको भाङ्ग्राझैँ कालो भयो; अनि सम्पूर्ण चन्द्रमा रगतजस्तो रातो भयो; अनि आकाशका ताराहरूचाहिँ नपाकेका अञ्जीरहरू हावाले हल्लाइँदा झरेझैँ पृथ्वीमा झरे।
अन्वेषण गर्नुहोस् प्रकाश 6:12-13
8
प्रकाश 6:5-6
जब थुमाले तेस्रो छाप खोल्नुभयो, तब मैले तेस्रो जीवित प्राणीले यसो भनिरहेको सुनेँ, “आऊ!” मैले हेरेँ, र मेरो सामु एउटा कालो घोडा थियो! त्यसको सवारको हातमा एउटा तराजु थियो। तब ती चार जीवित प्राणीहरूमध्ये एउटा आवाजले यसो भनिरहेको मैले सुनेँ, “एक दिनको ज्याला एक किलो गहुँ र एक दिनको ज्याला, तीन किलो जौ; तेल र दाखमद्यलाई हानि नगर्नू!”
अन्वेषण गर्नुहोस् प्रकाश 6:5-6
9
प्रकाश 6:14-15
आकाशचाहिँ पत्रको मुठाझैँ बेह्रिएर गयो; अनि प्रत्येक पहाड र टापुचाहिँ आफ्नो ठाउँबाट हटिगए। तब संसारका राजाहरू, राजकुमारहरू, सेनापतिहरू, धनीहरू, पराक्रमीहरू, प्रत्येक सेवक र स्वतन्त्र व्यक्ति, ओडार, चट्टान र पहाडहुँदो लुके।
अन्वेषण गर्नुहोस् प्रकाश 6:14-15
होम
बाइबल
योजनाहरू
भिडियोहरू