1
प्रकाश 7:9
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
त्यसपछि मैले प्रत्येक राष्ट्र, कुल, जाति र भाषाबाट कसैले गन्न नसक्ने एउटा ठूलो भीडलाई सिंहासनको र थुमाको सामु उभिरहेका देखेँ। तिनीहरूले पाउसम्मै लामो सेतो वस्त्र पहिरेका र हातमा खजूरका हाँगाहरू लिएका थिए।
तुलना
अन्वेषण गर्नुहोस् प्रकाश 7:9
2
प्रकाश 7:10
तिनीहरू चर्को सोरमा कराए: “सिंहासनमा विराजमान हुनुहुने, हाम्रा परमेश्वर र थुमामा मुक्ति छ।”
अन्वेषण गर्नुहोस् प्रकाश 7:10
3
प्रकाश 7:17
किनकि सिंहासनको बीचमा हुनुहुने थुमा तिनीहरूका गोठाला हुनुहुनेछ; ‘उहाँले तिनीहरूलाई जिउँदो पानीको स्रोतसम्म डोर्याउनुहुनेछ।’ ‘अनि परमेश्वर आफैँले तिनीहरूका आँखाहरूबाट सबै आँसुहरू पुछिदिनुहुनेछ।’”
अन्वेषण गर्नुहोस् प्रकाश 7:17
4
प्रकाश 7:15-16
यसकारण “तिनीहरू परमेश्वरको सिंहासनको सामु छन्; अनि तिनीहरू उहाँको मन्दिरमा दिनरात उहाँको सेवा गर्छन्; अनि सिंहासनमा बस्नुहुनेले आफ्नो उपस्थितिले तिनीहरूलाई शरण दिनुहुनेछ। ‘तिनीहरू फेरि कहिल्यै भोकाउने छैनन्; तिनीहरू फेरि कहिल्यै तिर्खाउनेछैनन्। तिनीहरूलाई सूर्यको प्रचण्ड तापले पोल्नेछैन।’
अन्वेषण गर्नुहोस् प्रकाश 7:15-16
5
प्रकाश 7:3-4
“जबसम्म हामीले परमेश्वरका सेवकहरूका निधारहरूमा छाप लगाइसक्दैनौँ, तबसम्म जमिन, समुद्र अथवा रूखहरूलाई हानि नगर्नू।” तब मैले छाप पाएकाहरूको संख्या सुनेँ, अर्थात् तिनीहरू इस्राएलका सबै कुलहरूबाट 1,44,000 थिए।
अन्वेषण गर्नुहोस् प्रकाश 7:3-4
होम
बाइबल
योजनाहरू
भिडियोहरू