1
रोमी 12:2
नेपाली समकालीन संस्करण
यस संसारको रीतिमा नचल, तर आफ्नो मनमा नयाँ हुवाइमा परिवर्तित हुँदैजाओ; तब मात्र तिमीहरूले परमेश्वरको असल, मनपर्दो र सिद्ध इच्छा के हो, सो जाँच गर्न र स्वीकार गर्न सक्नेछौ।
तुलना
अन्वेषण गर्नुहोस् रोमी 12:2
2
रोमी 12:1
यसकारण दाजुभाइ-दिदीबहिनीहरूहो, परमेश्वरको कृपाद्वारा म विन्ती गर्दछु, तिमीहरूले आफ्ना शरीरलाई पवित्र र परमेश्वरलाई मनपर्दो र जिउँदो बलिदानको रूपमा अर्पण गरिदेओ; यही तिम्रो साँचो र व्यवस्थित आराधना हो।
अन्वेषण गर्नुहोस् रोमी 12:1
3
रोमी 12:12
आशामा आनन्दित होओ, सङ्कष्टमा धैर्य धारण गर, प्रार्थनामा विश्वासयोग्य होओ।
अन्वेषण गर्नुहोस् रोमी 12:12
4
रोमी 12:21
खराबीद्वारा पराजित नहोओ, तर खराबीलाई भलाइले जित।
अन्वेषण गर्नुहोस् रोमी 12:21
5
रोमी 12:10
एक-अर्कालाई विश्वासी दाजुभाइ-दिदीबहिनीहरूका रूपमा प्रेम गर; आफूलाई भन्दा ज्यादा अरूलाई आदर गर।
अन्वेषण गर्नुहोस् रोमी 12:10
6
रोमी 12:9
प्रेम निष्कपट हुनुपर्छ। दुष्टतालाई घृणा गर; जे असल छ, त्यसमा रहिरह।
अन्वेषण गर्नुहोस् रोमी 12:9
7
रोमी 12:18
तिमीहरूलाई सम्भव भएसम्म सबैसँग शान्तिमा बस।
अन्वेषण गर्नुहोस् रोमी 12:18
8
रोमी 12:19
मेरा प्रिय मित्रहरू, बदला नलेओ; तर परमेश्वरको क्रोधका लागि छोडिदेओ; किनकि यसरी लेखिएको छ: “बदला लिने काम मेरो हो, म बदला लिनेछु,” परमप्रभु भन्नुहुन्छ।
अन्वेषण गर्नुहोस् रोमी 12:19
9
रोमी 12:11
कहिल्यै अल्छे नहोओ; तर कडा मेहनत गर, र आत्मामा जोशिलो भएर प्रभुको सेवा गर।
अन्वेषण गर्नुहोस् रोमी 12:11
10
रोमी 12:3
किनकि परमेश्वरले मलाई दिनुभएको अनुग्रहद्वारा म प्रत्येकलाई भन्दछु, आफूलाई चाहिँदो भन्दा बढी नठान, तर परमेश्वरले तिमीहरू प्रत्येकलाई दिनुभएको विश्वासअनुसार नै आफूलाई शान्त भएर जाँच।
अन्वेषण गर्नुहोस् रोमी 12:3
11
रोमी 12:17
कसैसँग दुष्टताको बदला दुष्टता नगर। सबैका दृष्टिमा जे असल छ, त्यही गर्न ध्यान देओ।
अन्वेषण गर्नुहोस् रोमी 12:17
12
रोमी 12:16
एक-अर्कासँग मिलेर बस। अहङ्कारी नहोओ, तर नम्र व्यक्तिहरूसँग सम्बन्ध राख्ने चाहना गर, र आफैलाई बुद्धिमानी नसम्झ।
अन्वेषण गर्नुहोस् रोमी 12:16
13
रोमी 12:20
तर यसको सट्टामा: “तिम्रो शत्रु भोकाएको छ भने, त्यसलाई खाना देओ; यदि ऊ तिर्खाएको छ भने पिउनलाई केही देऊ। यसो गर्यौ भने तिमीले त्यसको थाप्लोमा आगोको भुङग्रो राखे बराबर हुनेछ।”
अन्वेषण गर्नुहोस् रोमी 12:20
14
रोमी 12:14-15
तिमीहरूलाई सताउनेहरूलाई आशिष देओ; तिनीहरूलाई आशिष देओ, श्राप होइन। आनन्द गर्नेहरूसँग आनन्दित होऊ; शोक गर्नेहरूसँग शोक गर।
अन्वेषण गर्नुहोस् रोमी 12:14-15
15
रोमी 12:13
खाँचोमा परेका परमेश्वरका जनहरूसँग बाँडचुँड गर। पाहुनासत्कार कायम राखिरहो।
अन्वेषण गर्नुहोस् रोमी 12:13
16
रोमी 12:4-5
किनकि जसरी हामी प्रत्येकको एउटै शरीर छ, तर अङ्गहरू धेरै छन्, र यी सबै अङ्गहरूका काम एउटै हुँदैन, त्यसरी नै हामी अनेक भएर पनि ख्रीष्टमा एउटै शरीर हौं तथा सबै एक-अर्काका अङ्ग हौं।
अन्वेषण गर्नुहोस् रोमी 12:4-5
होम
बाइबल
योजनाहरू
भिडियोहरू