YouVersion लोगो
खोज आइकन

प्रेरित 6:8-15

प्रेरित 6:8-15 NNRV

स्‍तिफनसले अनुग्रह र शक्तिले पूर्ण भएर मानिसहरूका बीचमा ठूला-ठूला अचम्‍मका काम र चिन्‍हहरू गरे। तर कोही-कोहीचाहिँ जो स्‍वतन्‍त्र-दलका सभाघरकाहरू (यसको नाम यही थियो), र कुरेनी, अलेक्‍जेन्ड्रिया, किलिकिया र एशियाका मानिसहरू थिए, तिनीहरूले खड़ा भई स्‍तिफनससँग वाद-विवाद गर्न लागे। तिनी जुन बुद्धिले र आत्‍माद्वारा बोल्‍थे, तिनीहरूले त्‍यसको सामना गर्न सकेनन्‌। तब तिनीहरूले गुप्‍तमा मानिसहरूलाई उक्‍साएर यसो भन्‍न लाए, “मोशा र परमेश्‍वरको विरुद्धमा यसले निन्‍दात्‍मक कुरा बोलेको हामीले सुन्‍यौं।” तब तिनीहरूले जनता, धर्म-गुरु र शास्‍त्रीहरूलाई भड्‌काए, र तिनीहरूलाई हमला गरे र पक्रेर महासभामा ल्‍याए। तिनीहरूले यसो भन्‍ने झूटा साक्षीहरूलाई अगि सारे, “यस मानिसले पवित्रस्‍थान र व्‍यवस्‍थाको विरुद्धमा कुराहरू बोल्‍न छोड्‌दैन। किनभने यसले यसो भनेको हामीले सुन्‍यौं, ‘नासरतका येशूले यस ठाउँलाई नाश गर्नेछ, र मोशाले हामीलाई दिएका रीतिथिति पनि बदली गरिदिनेछ’।” महासभामा बसेका ती सबैले तिनलाई नियालेर हेरे, र तिनको मोहड़ा स्‍वर्गदूतको मोहड़ाजस्‍तै देखे।