YouVersion लोगो
खोज आइकन

प्रेरित 6:8-15

प्रेरित 6:8-15 सरल नेपाली

स्‍तिफनसले चाहिँ प्रभुबाट धेरै आशिष् र शक्ति पाएका थिए। उनले मानिसहरूका बीचमा अचम्‍म-अचम्‍मका कामहरू गर्दै चिन्‍हहरू देखाउँथे। तर कति मानिसहरूले चाहिँ उनको विरोध गर्न थाले। तिनीहरू यहूदी सभाघरका “स्‍वतन्‍त्र भन्‍ने दलका मानिसहरू अनि अलेक्‍जेन्‍ड्रिया सहर र कुरेनी, किलिकिया र एशिया इलाकाबाट आएका यहूदीहरू थिए। तिनीहरू सबै मिलेर स्‍तिफनससँग तर्कवितर्क गर्न लागे। तर पवित्र आत्‍माले स्‍तिफनसलाई यस्‍तो बुद्धि दिनुभयो, तिनी बोल्‍दा अरूले तिनको सामना गर्नै सकेनन्। यसकारण तिनीहरूले केही मानिसहरूलाई उस्‍काएर ‘हामीले यस मानिसलाई मोशा र परमेश्‍वरको विरुद्ध बोलेका सुनेका छौं’ भन्‍न लगाए। यसरी तिनीहरूले जनता र महासभामा बस्‍ने अगुवा र धर्म-गुरुहरूलाई पनि उस्‍काए। तिनीहरूले स्‍तिफनसलाई पक्रेर महासभाको अगाडि ल्‍याए। त्‍यसपछि तिनीहरूले स्‍तिफनसको बारेमा झूट बोल्‍ने मानिसहरूलाई ल्‍याए। झूट बोल्‍ने मानिसहरूले भने, “यो मानिसले त जहिले पनि हाम्रो पवित्र मन्‍दिर र मोशाले दिनुभएको व्यवस्थाको विरोधमा बोल्‍ने गर्छ। नासरतका येशूले यस मन्‍दिरलाई भत्‍काउनेछ र हामीले मोशादेखि नै मान्‍दै आएका नियमहरूलाई पनि फेर्नेछ रे। यस्‍ता-यस्‍ता कुराहरू यस मानिसले भनेको हामी आफैंले सुनेका छौं।” त्‍यतिखेर महासभामा बस्‍नेहरू सबैले स्‍तिफनसलाई एकोहोरो हेरि नै रहे। तिनको अनुहारचाहिँ स्‍वर्गदूतको जस्‍तो उज्‍यालो भएर चम्‍किरहेको थियो।

प्रेरित 6 पढ्नुहोस्