YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 19:31-37

यूहन्‍ना 19:31-37 NNRV

त्‍यो दिन तयारीको दिन थियो। यसकारण यहूदीहरूले शबाथमा (विशेष गरी यस शबाथमा, जुनचाहिँ महत्त्वपूर्ण थियो) मृत शरीरहरू क्रूसमा नरहून्‌ भनी पिलातसलाई बिन्‍ती गरे, र तिनीहरूका खुट्टा भाँचेर तिनीहरूका शरीर लगिऊन्‌ भनी माग गरे। तब सिपाहीहरू आएर उहाँसँग क्रूसमा टाँगिएकाहरूका खुट्टा भाँचे, पहिले एक जनाको, त्‍यसपछि अर्कोको। जब तिनीहरू येशूकहाँ आए तिनीहरूले देखे, कि उहाँको मृत्‍यु अघि नै भइसकेको रहेछ, र उहाँका खुट्टा भाँचेनन्‌। तर सिपाहीहरूमध्‍ये एक जनाले उहाँको कोखामा भालाले घोच्‍यो, र तुरुन्‍तै रगत र पानी निस्‍क्‍यो। तिमीहरू पनि विश्‍वास गर्न सक भनी यो देख्‍नेले गवाही दिएको हो र उसको गवाही साँचो छ, र साँचो बोल्‍दछु भनी ऊ जान्‍दछ। “उहाँको कुनै पनि हड्डी भाँचिनेछैन” भन्‍ने धर्मशास्‍त्रको वचन पूरा होस्‌ भनेर यी कुरा हुन आए। अनि फेरि अर्को ठाउँमा धर्मशास्‍त्र भन्‍छ, “जसलाई तिनीहरूले घोचेका छन्, तिनीहरूले उहाँलाई हेर्नेछन्‌।”