YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 19:31-37

यूहन्‍ना 19:31-37 NCV

त्यो दिन तयारीको दिन थियो, अनि भोलिपल्ट विशेष विश्रामदिन थियो। यहूदीहरूले विश्रामदिनमा शवहरू क्रूसमा रहेको चाहँदैनथिए, त्यसकारण तिनीहरूले पिलातसलाई तिनीहरूका खुट्टा भाँचेर लास झार्न लगाउन विन्ती गरे। सिपाहीहरू आएर येशूसँगै क्रूसमा टाँगिएका अरू दुई मान्छेहरूको खुट्टा भाँचिदिए। तर सिपाहीहरू येशूकहाँ आउँदा तिनीहरूले उहाँलाई अघि नै मरिसक्नुभएको भेट्टाए। यसकारण उहाँको खुट्टा तिनीहरूले भाँचेनन्। तैपनि एकजना सिपाहीले चाहिँ भालाले उहाँको कोखामा घोच्यो, र त्यहाँबाट रगत र पानी निस्क्यो। यो देख्ने मान्छेले आफ्नो साक्षी दिएको छ, अनि उसको साक्षी सत्य छ। साँच्‍चै बोल्दछु भनी उसले जानेकोले तिमीहरूले पनि विश्‍वास गर्न सक भनेर आफ्नो साक्षी उसले यसरी दिएको हो। “उहाँको एउटै हड्डी पनि भाँचिनेछैन” भन्‍ने धर्मशास्त्रको वचन पूरा होस् भनेर यो कुरा हुन आएको हो। अनि फेरि अर्को ठाउँमा धर्मशास्त्रले भन्दछ, “जसले उहाँलाई घोचेका थिए, तिनीहरूले उहाँलाई हेर्नेछन्।”

यूहन्‍ना 19 पढ्नुहोस्