उत्पत्ति 5
5
आदमदेखि नोआसम्मको वंशावली
1आदमको वंशको विवरण यही हो:
जब परमेश्वरले मानिस जातिलाई सृष्टि गर्नुभयो, तब उहाँले तिनलाई परमेश्वरको स्वरूपमा बनाउनुभयो। 2उहाँले तिनीहरूलाई पुरुष र स्त्री बनाउनुभयो, र तिनीहरूलाई आशिष् दिनुभयो। तिनीहरूको सृष्टि हुँदा उहाँले तिनीहरूलाई “मानिस जाति”#5:2 मूल भाषामा आदम नाम दिनुभयो।
3आदम 130 वर्षको हुँदा, तिनीजस्तै तिनको आफ्नै स्वरूपमा एउटा छोरा भयो, र तिनले त्यसको नाम शेत राखे। 4शेतको जन्मपछि आदम 800 वर्षसम्म बाँचे; अनि तिनका अरू छोराछोरी जन्मिए। 5आदम जम्मा 930 वर्षसम्म बाँचे; अनि तिनी मरे।
6शेतको उमेर 105 वर्षको हुँदा, तिनी एनोशका पिता भए। 7तिनी एनोशका पिता भएपछि शेत 807 वर्ष बाँचे; अनि तिनका अरू छोराछोरी पनि जन्मिए। 8शेत जम्मा 912 वर्षसम्म बाँचे; अनि तिनी मरे।
9एनोशको उमेर 90 वर्षको हुँदा, तिनी केनानका पिता भए। 10अनि तिनी केनानका पिता भएपछि, एनोश 815 वर्ष बाँचे; अनि तिनका अरू छोराछोरी भए। 11एनोश जम्मा 905 वर्षसम्म बाँचे; अनि तिनी मरे।
12केनानको उमेर 70 वर्षको हुँदा, तिनी महलालेलका पिता भए। 13अनि तिनी महलालेलका पिता भएपछि, केनान 840 वर्ष बाँचे; र तिनका अरू छोराछोरी जन्मिए। 14केनान जम्मा 910 वर्षसम्म बाँचे; अनि तिनी मरे।
15महलालेलको उमेर 65 वर्षको हुँदा, तिनी येरेदका पिता भए। 16अनि तिनी येरेदका पिता भएपछि, महलालेल 830 बाँचे; अनि तिनका अरू छोराछोरी जन्मिए। 17महलालेल जम्मा 895 वर्षसम्म बाँचे; अनि तिनी मरे।
18येरेदको उमेर 162 वर्षको हुँदा, तिनी हनोकका पिता भए। 19अनि तिनी हनोकका पिता भएपछि येरेद 800 वर्ष बाँचे; अनि तिनका अरू छोराछोरी जन्मिए। 20येरेद जम्मा 962 वर्षसम्म बाँचे, र तिनी मरे।
21हनोकको उमेर 65 वर्षको हुँदा, तिनी मतूशेलहका पिता भए। 22अनि तिनी मतूशेलहका पिता भएपछि हनोक परमेश्वरसित 300 वर्ष विश्वासयोग्य भएर बाँचे; अनि तिनका अरू छोराछोरी जन्मिए। 23हनोक जम्मा 365 वर्षसम्म बाँचे। 24हनोक परमेश्वरसित विश्वासयोग्य भएर बाँचे। अनि तिनी अलप भए; किनकि परमेश्वरले तिनलाई उठाइलैजानुभयो।
25मतूशेलहको उमेर 187 वर्षको हुँदा, तिनी लेमेकका पिता भए। 26अनि तिनी लेमेकका पिता भएपछि मतूशेलह 782 वर्ष बाँचे; अनि तिनका अरू छोराछोरी जन्मिए। 27मतूशेलह जम्मा 969 वर्षसम्म बाँचे; अनि तिनी मरे।
28लेमेकको उमेर 182 वर्षको हुँदा, तिनको एउटा छोरा जन्मियो। 29अनि तिनले यसो भनेर त्यसको नाम नोआ#5:29 नोआ मूल भाषामा जसको अर्थ सान्त्वना राखे, “याहवेहले श्राप दिनुभएको भूमिमा हाम्रा हातले गरेको काम र कष्टदायक परिश्रममा यसले हामीलाई सान्त्वना दिनेछ।” 30नोआ जन्मेपछि लेमेक 595 वर्ष बाँचे; अनि तिनका अरू छोराछोरी जन्मिए। 31लेमेक जम्मा 777 वर्षसम्म बाँचे; अनि तिनी मरे।
32नोआ 500 वर्ष पुगेपछि तिनी शेम, हाम र येपेतका पिता भए।
Zvasarudzwa nguva ino
उत्पत्ति 5: NCV
Sarudza vhesi
Pakurirana nevamwe
Sarudza zvinyorwa izvi
Unoda kuti zviratidziro zvako zvichengetedzwe pamidziyo yako yose? Nyoresa kana kuti pinda
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.