1
उपदेशक 9:10
नेपाली नयाँ संशोधित संस्करण
तिम्रो हातमा जे काम छ त्यो आफ्नो पूरा शक्तिले गर, किनभने चिहानमा, जहाँ तिमी जान्छौ, त्यहाँ न त केही गर्ने, न योजना गर्ने, न ज्ञान, न बुद्धि नै हुन्छ।
तुलना
अन्वेषण गर्नुहोस् उपदेशक 9:10
2
उपदेशक 9:11
सूर्यमुनि एउटा अर्को कुरा मैले देखेको छु: चाँड़ो दगुर्नेले दौड़ जित्दैन, न शक्तिशालीले युद्ध जित्छ, न त बुद्धिमान्लाई भोजन आउँछ, न तीव्र ज्ञानीलाई धन-सम्पत्ति आउँछ, वा न त पढ़ेकाले निगाह प्राप्त गर्छ। तर समय र मौका नै तिनीहरू सबैले पाउँछन्।
अन्वेषण गर्नुहोस् उपदेशक 9:11
3
उपदेशक 9:9
परमेश्वरले सूर्यमुनि दिनुभएको यस व्यर्थ जीवनकालमा आफूले प्रेम गरेकी पत्नीसँग जीवनको सुख-भोग गर। किनभने यस जीवनमा र सूर्यमुनि तिमीले गरेको परिश्रममा तिम्रो भाग त्यही नै हुन्छ।
अन्वेषण गर्नुहोस् उपदेशक 9:9
4
उपदेशक 9:7
आफ्नो बाटो लाग, आफ्नो खानेकुरा आनन्दसँग खाऊ, खुशी मनले आफ्नो दाखमद्य पिऊ, किनभने तिमीले गरेको काममा अहिले परमेश्वरको निगाह रहेको छ।
अन्वेषण गर्नुहोस् उपदेशक 9:7
5
उपदेशक 9:18
युद्धका हातहतियारभन्दा बुद्धि असल हो, तर एउटा पापीले धेरै असल कामलाई सर्वनाश गर्छ।
अन्वेषण गर्नुहोस् उपदेशक 9:18
6
उपदेशक 9:17
कराएर भन्ने मूर्खहरूको शासकको वचनभन्दा बुद्धिमान्को नम्र वचनको वास्ता गर्नु असल हो।
अन्वेषण गर्नुहोस् उपदेशक 9:17
7
उपदेशक 9:5
किनभने हामीहरू मर्नेछौं भनी जीवितहरूले जान्दछन्, तर मरेकाहरूले त केही पनि जान्दैनन्। तिनीहरूका निम्ति केही प्रतिफल हुँदैन। तिनीहरूको सम्झना पनि लोप हुन्छ।
अन्वेषण गर्नुहोस् उपदेशक 9:5
होम
बाइबल
योजनाहरू
भिडियोहरू