1
कोरिन्थीहरूलाई पावलको पहिलो पत्र 13:4-5
पवित्र बाइबल
प्रेम धैर्य हुन्छ, प्रेम दयालु हुन्छ, प्रेमले ईर्ष्या गर्दैन यसले घमण्ड गर्दैन। प्रेम रुखो हुँदैन, प्रेम स्वार्थी हुँदैन र प्रेम सजिलै रिसाह बन्दैन। प्रेमले आफ्नो विरूद्ध गरिएको खराबीको हिसाब राख्दैन।
तुलना
अन्वेषण गर्नुहोस् कोरिन्थीहरूलाई पावलको पहिलो पत्र 13:4-5
2
कोरिन्थीहरूलाई पावलको पहिलो पत्र 13:7
प्रेमले सबै कुरा धैर्यपूर्वक सहन्छ। प्रेमले सधैँ विश्वास गर्छ, सधैँ आशा गर्छ र यो दरिलो उभिन्छ।
अन्वेषण गर्नुहोस् कोरिन्थीहरूलाई पावलको पहिलो पत्र 13:7
3
कोरिन्थीहरूलाई पावलको पहिलो पत्र 13:6
प्रेम खराबमा खुशी हुँदैन तर प्रेम सत्यसित आनन्दित हुन्छ।
अन्वेषण गर्नुहोस् कोरिन्थीहरूलाई पावलको पहिलो पत्र 13:6
4
कोरिन्थीहरूलाई पावलको पहिलो पत्र 13:13
यसैले, यी तिन कुराहरू रहिरहनेछन् विश्वास, आशा र प्रेम। अनि यिनीहरूमा सबैभन्दा ठूलोचैं प्रेम हो।
अन्वेषण गर्नुहोस् कोरिन्थीहरूलाई पावलको पहिलो पत्र 13:13
5
कोरिन्थीहरूलाई पावलको पहिलो पत्र 13:8
प्रेम कहिल्यै सिद्धिदैन। अगमवाणीहरू टुँगिन्छन्। भाषाहरू बोल्ने वरदान समाप्त हुन्छ, ज्ञानका उपहार समाप्त हुन्छ।
अन्वेषण गर्नुहोस् कोरिन्थीहरूलाई पावलको पहिलो पत्र 13:8
6
कोरिन्थीहरूलाई पावलको पहिलो पत्र 13:1
अनि अब म सबै भन्दा महत्वपूर्ण मार्ग बताउने छु। मानिसहरूका र स्वर्गदूतहरूका विभिन्न भाषाहरू म बोल्न सकुँला। तर मसित प्रेम नै छैन भने म खाली एउटा टङ्टङे घण्टी वा झ्याम्-झ्यामे झ्याम्टा मात्र हुँ।
अन्वेषण गर्नुहोस् कोरिन्थीहरूलाई पावलको पहिलो पत्र 13:1
7
कोरिन्थीहरूलाई पावलको पहिलो पत्र 13:2
मसित अगमवाणी गर्न सक्ने वरदान होला। म परमेश्वरको जम्मै रहस्य बुझूँला र हरेक कुरो जानुँला, अनि मसित यति ठूलो विश्वास होला कि म पहाडहरू पनि हल्लाउन सकुँला। तर यतिको शक्ति ममा आर्जित हुँदा पनि यदि ममा प्रेम नभए म केही होइन।
अन्वेषण गर्नुहोस् कोरिन्थीहरूलाई पावलको पहिलो पत्र 13:2
8
कोरिन्थीहरूलाई पावलको पहिलो पत्र 13:3
मानिसहरूलाई खुवाउन आफूसित भएको सब कुरा दिन सकुँला र आफ्नो शरीर समेत आहुतिको रूपमा जलाउन सकुँला। तर यदि मसित प्रेम छैन भने म केही पनि हैन।
अन्वेषण गर्नुहोस् कोरिन्थीहरूलाई पावलको पहिलो पत्र 13:3
9
कोरिन्थीहरूलाई पावलको पहिलो पत्र 13:11
जब म बालक थिएँ, म बालक जस्तै बोलें, बालक जस्तै सोचें, बालकले जस्तै योजनाहरू बनाएँ। जब म एउटा मानिस भएँ, मैले ती बालकपनको तरिकाहरू त्यागिदिएँ।
अन्वेषण गर्नुहोस् कोरिन्थीहरूलाई पावलको पहिलो पत्र 13:11
होम
बाइबल
योजनाहरू
भिडियोहरू