1
इजकिएलको पुस्तक 18:32
पवित्र बाइबल
म तिमीलाई मार्न चाहँदिन। दया गरि फर्केर आऊ अनि बाँच!” यो सबै कुरा परमप्रभु मेरो मालिकले भन्नुभयो।
तुलना
अन्वेषण गर्नुहोस् इजकिएलको पुस्तक 18:32
2
इजकिएलको पुस्तक 18:20
जुन मानिसले पाप गर्छ, त्यही मानिस मारिन्छ। एउटा छोरो आफ्नो बाबुको पापले दण्डित हुँदैन। अनि अर्को बाबु आफ्नो छोरोको पापको लागि दण्ड पाउँदैन। एउटा धर्मी मानिसको धार्मिकता केवल उसको निजी हुन्छ अनि नराम्रो गरेको फल पनि उसकै मात्र हुन्छ।
अन्वेषण गर्नुहोस् इजकिएलको पुस्तक 18:20
3
इजकिएलको पुस्तक 18:31
ती सबै डरलाग्दा चीजहरू जुन तिमीले बनायौ, फ्याँकि देऊ, तिनीहरूले तिमीलाई खाली पाप गराउँछ। आफ्नो हृदय र आत्मा बद्लिगर! इस्राएलका मानिसहरू, तिमी आफूलाई किन मर्न दिन चाहन्छौ?
अन्वेषण गर्नुहोस् इजकिएलको पुस्तक 18:31
4
इजकिएलको पुस्तक 18:23
परमप्रभु मेरो मालिक भन्नुहुन्छ, “म नराम्रो मानिसहरू मर्न दिन चहाँदिन। म तिनीहरू आफ्नो जीवनको दुष्ट चालबाट फर्केको चाहन्छु ताकि तिनीहरू बाँच्न सकुन्।
अन्वेषण गर्नुहोस् इजकिएलको पुस्तक 18:23
5
इजकिएलको पुस्तक 18:21
“यस्तो स्थितिमा यदि कुनै नराम्रो मानिसले आफ्नो जीवन क्रम परिर्वतन गर्छ भने त्यो बाँच्नेछ। पाप कर्म छोडे पछि त्यो मानिस मर्दैन। त्यसले धेरै सावधानीसँग मेरो विधिहरू पालन गर्न आरम्भ गर्ने गर्छ। ऊ न्यायशील अनि राम्रो हुन सक्छ।
अन्वेषण गर्नुहोस् इजकिएलको पुस्तक 18:21
6
इजकिएलको पुस्तक 18:9
ऊ मेरो विधिहरूको पालन गर्छ। उसले मेरो निर्णयहरू सम्झन्छ अनि राम्रो एवं विश्वासनीय हुन सिक्छ। किनकि ऊ राम्रो मानिस हो, यसकारण ऊ जीवित रहन्छ।
अन्वेषण गर्नुहोस् इजकिएलको पुस्तक 18:9
होम
बाइबल
योजनाहरू
भिडियोहरू