1
यहोशूको पुस्तक 6:2
पवित्र बाइबल
NERV
तब परमप्रभुले यहोशूलाई भन्नुभयो, “हेर, म यरीहो शहरलाई परास्त गर्नेछु अनि यसको राजा र सबै लडाकूहरू म तिमीलाई दिनेछु।
तुलना
अन्वेषण गर्नुहोस् यहोशूको पुस्तक 6:2
2
यहोशूको पुस्तक 6:5
पूजाहारीहरूले तुरहीको ठुलो ध्वनि निकाल्ने छन्। तिनीहरूले तुरहीहरू फुक्नेछन् तब मानिसहरू कराउनु पर्छ। जब तिमीहरूले यसो गर्छौ शहरका पर्खालहरू भत्किनेछन् अनि तिम्रा मानिसहरू शहरभित्र जान समर्थ हुनेछन्।”
अन्वेषण गर्नुहोस् यहोशूको पुस्तक 6:5
3
यहोशूको पुस्तक 6:3
प्रत्येकदिन एकपल्ट आफ्ना सेना सहित शहर वरिपरि हिँड। छः दिन सम्म यसो गर।
अन्वेषण गर्नुहोस् यहोशूको पुस्तक 6:3
4
यहोशूको पुस्तक 6:4
पूजाहारीहरूलाई पवित्र सन्दूक बोक्नु भन। सातजना पूजाहारीहरूलाई भेंडाको सींगबाट बनाएको तुरही बोक्नु भन अनि पवित्र सन्दूकको अघि अघि हिंड्नु भन। सातैं दिनमा, शहर वरिपरि सात पल्ट घुम। सातैं दिनमा तिनीहरू हिंड्दा पूजाहारीहरूलाई, तुरही बजाउनु भन।
अन्वेषण गर्नुहोस् यहोशूको पुस्तक 6:4
5
यहोशूको पुस्तक 6:1
यरीहो शहर बन्द थियो। शहरका मानिसहरू भयभीत थिए किनभने इस्राएलका मानिसहरू नजिकमा थिए। कोही पनि शहर भित्र पसेनन् अनि कोही पनि शहर बाहिर आएनन्।
अन्वेषण गर्नुहोस् यहोशूको पुस्तक 6:1
6
यहोशूको पुस्तक 6:16
जब सातौ पल्ट तिनीहरू शहर वरिपरि घुमे, पूजाहारीहरूले आफ्ना तुरहीहरू बजाए। त्यसबेला, यहोशूले आदेश दिए, “अब कराऊ। परमप्रभुले यो शहर तिमीहरूलाई प्रदान गर्नु हुँदैछ।
अन्वेषण गर्नुहोस् यहोशूको पुस्तक 6:16
7
यहोशूको पुस्तक 6:17
यो शहर अनि यसमा भएका हरेक थोक परमप्रभुका हुन्। केवल राहाब वेश्या अनि तिनका घरमा भएका सबै मानिसहरू मात्र जीवित रहने छन्। यी मानिसहरूलाई मार्नु हुँदैन किनभने राहाबले ती दुइ गुप्तचरहरूलाई सहयोग गरेकी थिइन्।
अन्वेषण गर्नुहोस् यहोशूको पुस्तक 6:17