बाइबल जीवित छSample

बाइबलले हामीलाई शक्ति प्रदान गर्छ
कल्पना गर्नुहोस् कि तपाईंले भिन्नै देशको कुनै व्यक्तिलाई आफ्नो परिचय दिँदै हुनुहुन्छ र तपाईं एउटा त्यस्तो मानिसहरूको समूहबाट हुनुहुन्छ जसको नामको अर्थ ""बकबकेहरू” हुन्छ । “पोपोलुका (Popoluca)"" नामको अर्थ पनि त्यहीं नै हुन्छ र यो मेक्सिकोको भेराक्रुजका आदिवासी मानिसहरू र उनीहरूको भाषासँग सम्बन्धित छ ।
आजको दिनसम्म, “पोपोलुका"" लाई अझैं पनि उक्त भाषा बोल्ने उक्त क्षेत्रभित्रका ३५,५०० मानिसहरूलाई वर्णन गर्न प्रयोग गरिन्छ । तर त्यो बोल्नेहरूले चाहिँ, यसलाई “नुन्ताजिई (Nuntajɨ̱yi)”— “स्पष्ट बोली” भन्छन् । केहीलाई नुन्ताजिई त्यति महत्त्वपूर्ण नलाग्ने भएतापनि अहिले नयाँ करारलाई आफ्नो भाषामा पढ्न वा सुन्न सक्ने मानिसहरूले यो जसले सृष्टि गर्नुभयो उहाँका लागि यो महत्त्वपूर्ण छ भन्ने कुरालाई बुझ्दछन् । केरोलिना ती मानिसहरू मध्ये कि एक हुन् । पोपोलुका नयाँ करारको अनुवादकको नातिनी केरोलिना कलेज उत्तीर्ण गर्ने पहिलो पोपोलुका महिला हुन् । उनले परमेश्वरको वचन आफ्नो भाषामा बताउनका लागि आफ्नो जीवन समर्पित गरेकी छिन् र अहिले ५० वटा भजन संग्रहहरू अनुवाद गरिरहेको टोलीको नेतृत्व गरिरहेकी छिन् । “हामीले स्पेनिशमा बाइबल पढ्दा मेहनत व्यर्थ भएको जस्तो देखिन्छ । तर जब हामीले आफ्नो भाषामा त्यसलाई पढ्छौँ, त्यो सिधै हाम्रो हृदयभित्र प्रवेश गर्छ । यसले हाम्रो हृदयहरूलाई छुन्छ—यसले हामीमा छाप छोड्छ—किनभने हामीले वास्तवमै यसलाई बुझ्न सक्छौं ।” केरोलिना YouVersion समुदायको एक सक्रिय हिस्सा हुन् र परमेश्वरको वचनलाई नुन्ताजिईमा अध्ययन गर्नका लागि उनले नियमित रूपमा YouVersion नै प्रयोग गर्छिन् । “तपाईंले हाम्रो शब्दहरूलाई तपाईंको एपमा राख्नुभएकोले हामी धेरै खुशी छौं किनभने अब संसारमा जोकोहीले पनि त्यसलाई देख्न सक्छन्—हाम्रो भाषा चिर-परिचित भाषाहरूसँगै रहेको छ ! प्राय: हाम्रो भाषालाई महत्त्व दिइने गरिन्न तर यस एपमा हाम्रो भाषालाई उच्च महत्त्व दिइएको हामी देख्न सक्छौं ।” आज, तपाईंको भाषामा तपाईंसँग बाइबल छ भनेर थोरै समय निकालेर परमेश्वरलाई धन्यवाद दिनुहोस् । आज विश्वभरि काम गरिरहेका केरोलिन र अन्य हजारौं बाइबल अनुवादकहरूका निम्ति परमेश्वरलाई धन्यवाद दिनुहोस् । उनीहरूको भक्ति र मायाका कारण, परमेश्वरको वचन पृथ्वीका प्रत्येक क्षेत्रमा निरन्तर रूपमा फैलिरहेको छ र त्यसलाई सुन्ने तथा बुझ्ने मानिसहरूको परिचयहरूलाई परिवर्तन गरिरहेको छ ।धर्मशास्त्र
यस योजनाको बारेमा

समयको सुरुवातदेखि नै, परमेश्वरको वचन सक्रिय रूपमा हृदय तथा मनहरूमा पुनःस्थापित गरिएको छ —र परमेश्वरले अझै सक्नुभएको छैन । यस ७-दिने विशेष योजनामा, आउनुहोस् परमेश्वरले कसरी इतिहासलाई प्रभाव पार्न र विश्वभरि जीवनहरूलाई परिवर्तन गर्न बाइबललाई प्रयोग गरिरहनुभएको छ भन्ने कुरालाई नजिकबाट हेरेर धर्मशास्त्रको जीवन-रूपान्तरण गर्ने शक्तिको उत्सव मनाऔं ।
More
यस मूल Bible Plan लाई YouVersion ले सृजना गरेको र उपलब्ध गराएको थियो ।
Related Plans

प्रज्वलितः साहसिक प्रार्थनाको लागि एउटा सरल निर्देशिका

बोलावट

परमेश्वरको आर्मर - प्रेरितहरूको कार्य

ग्रेसको गान (Anthem of Grace)

उद्धार

तपाईँको जीवनको सबैभन्दा ठूलो निर्णय!

पुनस्थापनालाई रोज्नु

परमेश्वरलाई पहिलो स्थान दिनुहोस्

क्रिसमस तपाईंको हृदयमा छ - 14 दिने भिडियो योजना
