बाइबल जीवित छनमूना
बाइबलले अन्धकारलाई चिर्छ
सुमुलाई ख्रीष्टियानहरूको विषयमा कुनै चासो थिएन । तर सन् २०१७ मा, सुमुको अत्यन्त मिल्ने साथीले उनको नन्युजिल्यान्ड चर्चमा आफ्नो गवाही साझा गरेकी थिइन् । सुमु उनलाई समर्थन गर्न आएकी थिइन् … र फेरि पनि आइरहिन् ।
त्यस वर्षको पछितिर भारत जानुभन्दा ठीक पहिले उनले आफ्नो जीवन येशूलाई दिइन् ।ख्रीष्टियन समुदाय बिनाको नयाँ देशमा नयाँ विश्वासको यात्रालाई अघि बढाउने काम थकानयुक्त थियो र सुमु अन्तमा गएर यति धेरै निराश भइन् कि उनलाई प्रत्येक दिन ओच्छ्यानबाट उठ्नसम्म पनि गाह्रो भएको थियो ।
“म धेरै नै एक्लो भएकी थिएँ र मानिसहरूसँग जोडिनमा मलाई साँच्चैनै गाह्रो लाग्थ्यो । भारतमा आइसकेपछि मैले मेरा धेरै अधिकार र स्वतन्त्रतालाई गुमाएँ र अनेकौं विषाक्तयुक्त विचारहरू मेरो मनमा प्रवेश गरेको थियो । तर त्यो म YouVersion मा धर्मशास्त्रसँग नजोडिँदासम्म थियो र जब जोडिएँ मैले सोच्ने तरिकालाई परिवर्तन गर्न सकें ।” YouVersion ले सुमुलाई अन्य ख्रीष्टियनहरूसँग जोडिने र तिनीहरूबाट Bible Plans मार्फत सिक्ने एउटा तरिका उपलब्ध गरायो । अनि सन् २०१८ देखि, उनले त्यसको ४२८ वटाभन्दा बढि पूरा गरेकी छिन् । सुमुसँग कुनैपनि समय कुनै प्रश्न हुँदा उनले YouVersion एप खोल्छिन् र त्यस शिर्षकमा Plans खोज्ने गर्छिन् । अनि उनी जति धेरै Plans पढ्छिन्, त्यति नै बढी उनको विश्वास बढ्छ । “कुनै दिन आफूलाई सत्यभित्र डुबाउने कोसिस गर्नकै लागि पनि म ११ वटा Plans सुरु गर्नेछु । यो तपाईंको जस्तै भोगाइ भएकाहरूबाट सिक्ने र तिनीहरूबाट प्रोत्साहन प्राप्त गर्न पाउने अवसर हो । मैले मेरो संघर्षहरूमा म एक्लो छैन भन्ने कुरा सिकिरहेकी छु । मैले डिप्रेसन भइकन त्यसबाट बाहिर निस्कि आएका मानिसहरूका कुराहरू सुन्न सक्छु र यसले मलाई येशुलाई पछ्याउनेहरू पनि मानसिक स्वास्थ्यमा संघर्ष गर्दा रहेछन् भन्ने कुरा थाहा पाउनमा मद्दत गरेको छ ।” अहिले, जबजब सुमु एक्लो, निराश वा अलग्गिएको महशुस गर्छिन्, उनी परमेश्वरका प्रतिज्ञाहरूमा टाँसिन सक्छिन् र येशूले उनका बारेमा जे भन्नुहुन्छ त्यसको विपरितका सबै विचारहरूलाई उनी रोक्न सक्छिन् । “कहिलेकाहीँ, जब तपाईं निराश हुनुहुन्छ, तपाईंलाई केवल एउटा वचन चाहिन्छ । यो एप मेरो लागि बाइबल र मेरो विश्वासको विषयमा बुझ्नका लागि मद्दत गर्ने एउटा ‘शर्टकट’ भएको छ । प्रविधि साँच्चै नै एउटा त्यस्तो सुन्दर साधन हो जसलाई हामीले हाम्रो विश्वाससँग जोडिनका लागि प्रयोग गर्न सक्छौं । यदि येशूसँग जोडिने माध्यम मैले नपाएको भएँ म आज यहाँ हुन्थे जस्तो मलाई लाग्दैन किनभने ती दिनहरू साँच्चैनै अन्धकार थिए र उहाँ मात्रै ज्योतिको त्यस्तो स्रोत हुनुहुन्थ्यो जुन मसँग थियो—र आज पनि छ ।” परमेश्वरको वचनको शक्तिको कारणले गर्दा एक्लोपनलाई सम्पर्कमा रूपान्तरण गर्न सकिन्छ र प्रतिकूलताका बीचमा पनि आशालाई भेट्टाउन सकिन्छ । एकछिनका लागि सुमुको कथालाई मनन गर्नुहोस् र त्यसपछि केही समय तपाईं अहिले हुनुभएको परिस्थितिको विषयमा परमेश्वरसँग कुरा गर्दै समय बिताउनुहोस् । तपाईंले यो गर्दैगर्दा तपाईंको परिस्थितिको विषयमा के सत्य छ सो प्रकट गर्न परमेश्वरलाई अनुरोध गर्नुहोस् र त्यसपछि धर्मशास्त्रहरूमा आशा तथा प्रोत्साहनका उहाँका वचनहरूको खोजी गर्नुहोस् । आफ्नो जीवनमा भएको कुनैपनि अन्धकारलाई चिर्नका लागि उहाँको ज्योतिलाई अनुमति दिनुहोस् ।धर्मशास्त्र
यस योजनाको बारेमा
समयको सुरुवातदेखि नै, परमेश्वरको वचन सक्रिय रूपमा हृदय तथा मनहरूमा पुनःस्थापित गरिएको छ —र परमेश्वरले अझै सक्नुभएको छैन । यस ७-दिने विशेष योजनामा, आउनुहोस् परमेश्वरले कसरी इतिहासलाई प्रभाव पार्न र विश्वभरि जीवनहरूलाई परिवर्तन गर्न बाइबललाई प्रयोग गरिरहनुभएको छ भन्ने कुरालाई नजिकबाट हेरेर धर्मशास्त्रको जीवन-रूपान्तरण गर्ने शक्तिको उत्सव मनाऔं ।
More