बाइबल जीवित छनमूना
यस बाइबलले सबैथोकलाई परिवर्तन गरिरहेको छ
परमेश्वरले श्वास फेर्नुभएर, ""ज्योति भई जाओस्।"" भन्नु अघि सबैकुरा अन्धकार र स्वरूप बिना भएको कुरा कल्पना गर्नुहोस्।” क्षणमा नै, सबै थोकहरू परिवर्तन हुन्छन्।
यो ज्योतिले अन्धकारलाई चिर्दछ, र एकसमय जे अदृश्य थियो त्यो अब स्पष्ट देखिन्छ। परमेश्वरको एउटै वचनले सबै कुराहरू परिवर्तन गरिदियो … तर त्यो त्यहिँ रोकिएन। उहि परमेश्वर जसले एकै श्वासमा ब्रम्हाण्ड सृष्टि गर्नुभयो उहाँ अहिले पनि आफ्नो बचनको शक्तिले यस विश्वमा नयाँ जीवनको श्वास फेर्न जारी गरिरहनु भएको छ। परमेश्वरको बचनले अन्धकारलाई चिर्न जारी गरिरहेको छ। परमेश्वरको बचनले जीवनहरू परिवर्तन गर्छ र चोट लागेका हृदयहरूलाई नयाँ बनाउँछ। परमेश्वरको बचन जीवित र सक्रिय छ कारण उहाँ जीवित र सक्रिय हुनुहुन्छ। अनि हामीसँग उहाँको बचनमा निरन्तर पहुँच।जति धेरै हामी बाइबल पढ्छौँ, त्यति नै धेरै हामी जान्दछौँ कि परमेश्वर यस संसारका सबैजनाले उहाँसँग एउटा व्यक्तिगत, सक्रिय, पुनर्जीवित पार्ने सम्बन्धको अनुभव गरेको चाहनुहुन्छ भन्ने कुरालाई हामी पत्ता लगाउँछौँ।
हामीले जस्तै किसिमका परिक्षा वा कठिनाईहरूको सामना गरेतापनि, परमेश्वरको बचन अझै पनि बाहिर जान्छ र अन्धकारलाई चिर्दछ। उहाँको बचनहरूले घाना, सुमु, पोपोलुकाका मानिसहरू, शमूएल अजई क्रोउथर, र विलियम टिन्डेल जस्ता मानिसहरूलाई परिवर्तन गरिनै रहेनछ। अनि उहाँको बचनमा तपाईंलाई परिवर्तन गर्ने शक्ति छ। यसकराण रोकिनुहोस् र तपाईंको कथाको विषयमा सोँच्नुहोस्। परमेश्वरको बचनले तपाईंलाई कसरी परिवर्तन गरेको छ? अनि कुन तरिकाद्वारा परमेश्वरले अहिले तपाईंको जीवनमा धर्मशास्त्रलाई जीवित गरि ल्याउन सक्नु हुन्छ?अहिले सम्म परमेश्वरले तपाईंको जीवनमा के गर्नुभएको छ त्यसको उत्सव मनाउनुहोस्, र तपाईंको वरिपरिको संसारमा उहाँले गरिरहनु भएको कुरामा मनन गर्नुहोस्।
अघि बढ्दै जाँदा, परमेश्वरले बताईरहनु भएको कथामा माग लिन रोज्नुहोस्। यो त्यो कथा हो जुन उहाँले यस संसारको सृष्टि गर्नुहुँदा बोल्नु हुँदा शुरु भएको थियो, र उहाँ येशू फर्कि नआउन्जेल यो जारी गरिरहनु हुनेछ—एउटा कथा जसले ईतिहास भन्दा श्रेष्ठ छ र निरन्तर रूपमा संसारलाई परिवर्तन गरिरहनु भएको छ।यस योजनाको बारेमा
समयको सुरुवातदेखि नै, परमेश्वरको वचन सक्रिय रूपमा हृदय तथा मनहरूमा पुनःस्थापित गरिएको छ —र परमेश्वरले अझै सक्नुभएको छैन । यस ७-दिने विशेष योजनामा, आउनुहोस् परमेश्वरले कसरी इतिहासलाई प्रभाव पार्न र विश्वभरि जीवनहरूलाई परिवर्तन गर्न बाइबललाई प्रयोग गरिरहनुभएको छ भन्ने कुरालाई नजिकबाट हेरेर धर्मशास्त्रको जीवन-रूपान्तरण गर्ने शक्तिको उत्सव मनाऔं ।
More