1
मत्ती 7:7
नेपाली समकालीन संस्करण
“माग अनि तिमीहरूलाई त्यो दिइनेछ, खोज अनि तिमीहरूले भेट्टाउनेछौ, ढकढक्याओ अनि तिमीहरूको निम्ति ढोका उघारिनेछ।
Yenzanisa
Ongorora {{vhesi}}
2
मत्ती 7:8
किनकि हरेक जसले माग्छ, त्यसले पाउँछ, जसले खोज्छ, त्यसले भेट्टाउँछ, अनि जसले घचघच्याउँछ, त्यसका निम्ति ढोका उघारिनेछ।
3
मत्ती 7:24
“यसकारण हरेक जसले मेरा यी वचनहरू सुनेर त्यसअनुसार काम गर्छ, त्यो त्यस बुद्धिमान् मानिसजस्तो हो, जसले आफ्नो घर चट्टानमाथि बनायो।
4
मत्ती 7:12
यसकारण हरेक कुरामा अरूहरूप्रति त्यही व्यवहार गर, जुन तिमीहरू तिनीहरूबाट चाहन्छौ, किनकि व्यवस्था र अगमवक्ताहरूको सारांश यही हो।
5
मत्ती 7:14
तर जीवनमा पुर्याउने ढोका सानो र बाटो साँघुरो छ, अनि थोरैले मात्र त्यो भेट्टाउनेछन्।
6
मत्ती 7:13
“साँघुरो ढोकाबाट भित्र पस। किनकि विनाशमा पुर्याउने ढोका फराकिलो र बाटो चौडा हुन्छ: अनि धेरैले त्यसबाट प्रवेश गर्छन्।
7
मत्ती 7:11
यदि तिमीहरू जो दुष्ट भइकन पनि आफ्ना छोराछोरीहरूलाई असल थोक दिन जान्दछौ भने, झन् उहाँसँग माग्नेहरूलाई तिमीहरूका स्वर्गीय पिताले तिमीहरूलाई कति बढी उत्तम उपहारहरू दिनुहुनेछ।
8
मत्ती 7:1-2
“न्याय नगर, नत्र ता तिम्रो पनि न्याय हुनेछ। किनकि तिमीले जसरी अरूको न्याय गर्दछौ, त्यसरी नै तिम्रो पनि न्याय हुनेछ, तिमीले जुन नापले नाप्दछौ, तिमी पनि त्यही किसिमले नापिनेछौ।
9
मत्ती 7:26
तर हरेक जसले मेरा यी वचनहरू सुनेर ती अनुसार काम नगर्नेचाहिँ त्यो त्यस मूर्ख मानिसजस्तो हो, जसले आफ्नो घर बालुवामाथि बनायो।
10
मत्ती 7:3-4
“तिमीले किन आफ्नो भाइको आँखामा भएको छेस्को देख्छौ अनि तिम्रो आफ्नै आँखाभित्र भएको मुढातर्फ चाहिँ ध्यानै दिँदैनौ? जबसम्म तिम्रो आँखाभित्र मुढा रहिरहेको हुन्छ, तब तिमीले आफ्नो भाइलाई कसरी ‘ए भाइ, तिम्रो आँखामा भएको छेस्को म निकालिदिन्छु’ भन्न सक्छौ?
11
मत्ती 7:15-16
“झूटा अगमवक्ताहरूदेखि होसियार बस। तिनीहरू तिमीहरूकहाँ भेडाको भेषमा आउँछन्, तर भित्रचाहिँ तिनीहरू डरलाग्दा ब्वाँसाहरू हुन्। तिनीहरूका फलद्वारा तिमीहरूले तिनीहरूलाई चिन्नेछौ। के मानिसहरूले काँडाका बोटहरूबाट अङ्गुर अनि सिउँडीको बोटबाट अञ्जीर टिप्छन्?
12
मत्ती 7:17
यस्तै किसिमले असल रूखले असल फल फलाउँछ, तर खराब रूखले खराब फल फलाउँछ।
13
मत्ती 7:18
असल रूखले खराब फल फलाउन सक्दैन, अनि एउटा खराब रूखले असल फल फलाउन सक्दैन।
14
मत्ती 7:19
असल फल नफलाउने हरेक रूख काटेर ढालिनेछ, अनि आगोमा फालिनेछ।
Pekutangira
Bhaibheri
Zvirongwa
Mavideo