1
उत्पत्ति 32:28
सरल नेपाली पवित्र बाइबल
त्यस मानिसले भने, “अब उसो तिम्रो नाम याकूब होइन। तिमीले परमेश्वर र मानिसहरूसित लडाइँ गरेर जितेका हौ। यसकारण तिम्रो नाम ‘इस्राएल’ हुनेछ।”
तुलना
अन्वेषण गर्नुहोस् उत्पत्ति 32:28
2
उत्पत्ति 32:26
तब त्यस मानिसले भने, “मलाई जान देऊ, बिहान हुन लाग्यो।” याकूबले उत्तर दिए, “मलाई आशीर्वाद नदेउञ्जेल म तपाईंलाई जान दिन्नँ।”
अन्वेषण गर्नुहोस् उत्पत्ति 32:26
3
उत्पत्ति 32:24
उनी आफैंचाहिँ एक्लै त्यहीँ बसिरहे। तब एक जना मानिस आएर बिहान हुने बेलासम्म उनीसित कुस्ती लडे।
अन्वेषण गर्नुहोस् उत्पत्ति 32:24
4
उत्पत्ति 32:30
याकूबले भने, “मैले परमेश्वरलाई मुखामुख देखें र पनि बाँचेकै छु।” उनले त्यस ठाउँको नाम पनीएल राखे।
अन्वेषण गर्नुहोस् उत्पत्ति 32:30
5
उत्पत्ति 32:25
त्यस मानिसले आफूले जित्न नसकेको देखेर याकूबको कम्मरमा हिर्काए र उनको हाडको जोर्नी फुस्काइदिए।
अन्वेषण गर्नुहोस् उत्पत्ति 32:25
6
उत्पत्ति 32:27
“तिम्रो नाम के हो?” त्यस मानिसले सोधे। “याकूब!” उनले उत्तर दिए।
अन्वेषण गर्नुहोस् उत्पत्ति 32:27
7
उत्पत्ति 32:29
याकूबले भने, “मलाई तपाईंको नाम बताउनुहोस्।” तर उनले उत्तर दिए, “तिमीलाई मेरो नाम किन चाहियो?” तब उनले याकूबलाई आशीर्वाद दिए।
अन्वेषण गर्नुहोस् उत्पत्ति 32:29
8
उत्पत्ति 32:10
म तपाईंको दासलाई तपाईंले देखाउनुभएको कृपा र विश्वासयोग्यताको योग्य म छैनँ। खालि एउटा हातमा टेक्ने लट्ठी लिई म यर्दन तरेर गएको थिएँ तर अब यी दुई हुलहरू साथ लिएर फर्किरहेको छु।
अन्वेषण गर्नुहोस् उत्पत्ति 32:10
9
उत्पत्ति 32:32
अझसम्म पनि इस्राएलका सन्तानले कम्मरका जोर्नीको मासु खाँदैनन् किनभने त्यहीँ मांसपिण्डमा याकूबलाई चोट लागेको थियो।
अन्वेषण गर्नुहोस् उत्पत्ति 32:32
10
उत्पत्ति 32:9
त्यसपछि याकूबले यसरी प्रार्थना गरे, “मेरा बाजे अब्राहाम र मेरा बुबा इसहाकका परमेश्वर, मेरो बिन्ती सुन्नुहोस्! परमप्रभु! तपाईंले मलाई ‘तेरो देशमा आफ्ना कुटुम्बहरूकहाँ जा र तँलाई सबै कुरा राम्रै हुनेछ,’ भन्नुभएको थियो।
अन्वेषण गर्नुहोस् उत्पत्ति 32:9
11
उत्पत्ति 32:11
म बिन्ती गर्दछु, मेरो दाजु एसावदेखि मलाई बचाउनुहोस्। म डराएको छु। एसावले आएर हामीलाई आक्रमण गर्नेछन् र हामी सबैलाई आइमाई, छोरा-छोरीहरूसमेत नाश गर्नेछन् भनी मलाई डर लागेको छ।
अन्वेषण गर्नुहोस् उत्पत्ति 32:11
होम
बाइबल
योजनाहरू
भिडियोहरू