1
1राजाहरू 17:14
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
किनकि याहवेह इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ, ‘याहवेहले यस देशमा वर्षा नपठाउनुभएसम्म भाँडाको पिठो र ढुङ्ग्रोको तेल रित्तिनेछैन।’ ”
तुलना
अन्वेषण गर्नुहोस् 1राजाहरू 17:14
2
1राजाहरू 17:1
गिलादको तिश्बीबाटका तिश्बी एलियाले आहाबलाई भने, “मैले सेवा गरेका याहवेह, इस्राएलका जीवित परमेश्वरलाई साक्षी राखी भन्दछु, कि आउँदा केही वर्षहरूमा मैले नभनेसम्म न त शीत पर्नेछ, न त पानी पर्नेछ।”
अन्वेषण गर्नुहोस् 1राजाहरू 17:1
3
1राजाहरू 17:13
एलियाले उनलाई भने, “नडराऊ, घर गएर तिमीले भनेझैँ गर। तर तिमीसित जे छ, पहिले त्यसबाट मेरा निम्ति एउटा रोटी पकाएर मकहाँ ल्याऊ; अनि त्यसपछि तिमी र तिम्रो छोराका निम्ति केही बनाऊ!
अन्वेषण गर्नुहोस् 1राजाहरू 17:13
4
1राजाहरू 17:12
तिनले जवाफ दिइन्, “जीवित याहवेह तपाईंका परमेश्वरलाई साक्षी राखेर भन्दछु, मसित एउटै रोटी पनि छैन। एउटा भाँडामा एक मुट्ठी पिठो र ढुङ्ग्रोमा अलिकति तेलबाहेक केही छैन। म आफैँ र मेरा छोराका निम्ति खानेकुरा बनाएर खाई मरौँला भनी घरमा लैजान केही दाउरा बटुल्दैछु।”
अन्वेषण गर्नुहोस् 1राजाहरू 17:12
5
1राजाहरू 17:9
“झट्टै सीदोनको सारपतमा जा र त्यहाँ बस्। तँलाई भोजन दिनू भनेर मैले त्यहाँ एउटी विधवालाई आज्ञा दिएको छु।”
अन्वेषण गर्नुहोस् 1राजाहरू 17:9
6
1राजाहरू 17:16
किनकि एलियाद्वारा याहवेहले भन्नुभएझैँ भाँडोको पिठो रित्तिएन; न त ढुङ्ग्रोको तेल नै सकियो।
अन्वेषण गर्नुहोस् 1राजाहरू 17:16
7
1राजाहरू 17:15
अनि तिनी गइन्, र एलियाले तिनलाई भनेझैँ गरिन्। यसरी एलिया र ती स्त्रीका परिवारको निम्ति धेरै दिनका निम्ति भोजन भइरह्यो।
अन्वेषण गर्नुहोस् 1राजाहरू 17:15
8
1राजाहरू 17:10
यसकारण तिनी सारपतमा गए। तिनी त्यस सहरको मूलढोकामा आइपुग्दा त्यहाँ एउटी विधवा दाउरा बटुल्दै थिइन्। तिनले उनलाई बोलाएर सोधे, “कृपया तिमीले मलाई एउटा लोहोटामा अलिकति पानी ल्याइदिन्छौ कि ताकि म पिउन पाऊँ?”
अन्वेषण गर्नुहोस् 1राजाहरू 17:10
9
1राजाहरू 17:4
तैँले खोलाको पानी पिउनेछस्; र तँलाई खुवाउनलाई मैले कागहरूलाई हुकुम गरेको छु।”
अन्वेषण गर्नुहोस् 1राजाहरू 17:4
10
1राजाहरू 17:11
ती विधवा पानी लिन जाँदै गर्दा तिनले उनलाई भने, “अनि दया गरी मलाई एक टुक्रा रोटी पनि ल्याइदेऊ।”
अन्वेषण गर्नुहोस् 1राजाहरू 17:11
11
1राजाहरू 17:6
कागहरूले तिनलाई बिहान रोटी र मासु ल्याइदिन्थे; अनि साँझमा पनि रोटी र मासु ल्याइदिन्थे; र तिनले त्यस खोलाको पानी पिउँथे।
अन्वेषण गर्नुहोस् 1राजाहरू 17:6
12
1राजाहरू 17:7
केही समयपछि देशमा पानी नपरेको कारणले त्यो खोला सुक्यो।
अन्वेषण गर्नुहोस् 1राजाहरू 17:7
13
1राजाहरू 17:24
तब ती स्त्रीले एलियालाई भनिन्, “अब मलाई थाहा भयो कि तपाईं परमेश्वरका जन हुनुहुन्छ; अनि तपाईंको मुखबाट निस्केको याहवेहको वचन सत्य रहेछ।”
अन्वेषण गर्नुहोस् 1राजाहरू 17:24
14
1राजाहरू 17:5
यसकारण याहवेहले भन्नुभएझैँ तिनले गरे। तिनी यर्दनको पूर्वपट्टिको करीतको खोल्सामा गएर बसे।
अन्वेषण गर्नुहोस् 1राजाहरू 17:5
15
1राजाहरू 17:22
याहवेहले एलियाको पुकार सुन्नुभयो; अनि त्यस बालकको प्राण त्यसकहाँ फर्केर आयो, र त्यो जिउँदो भयो।
अन्वेषण गर्नुहोस् 1राजाहरू 17:22
होम
बाइबल
योजनाहरू
भिडियोहरू