1
उत्पत्ति 22:14
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
यसकारण अब्राहामले त्यस ठाउँलाई “याहवेह-यिरे” भनेर नाम राखे; अनि आजसम्म “याहवेहको पर्वतमा जुटाइनेछ” भन्ने चलन छ।
तुलना
अन्वेषण गर्नुहोस् उत्पत्ति 22:14
2
उत्पत्ति 22:2
तब परमेश्वरले भन्नुभयो, “तैँले माया गरेको, तेरो एक मात्र छोरा, इसहाकलाई लिएर मोरीयाहको भूमिमा जा। म तँलाई जुन डाँडा देखाउनेछु, त्यहाँ त्यसलाई होमबलिको रूपमा चढा।”
अन्वेषण गर्नुहोस् उत्पत्ति 22:2
3
उत्पत्ति 22:12
अनि उनले भने, “त्यस केटामाथि हात नउठा। त्यसलाई केही नगर्। तँ परमेश्वरको डर मान्ने मानिस रहेछस् भनी अब मलाई थाहा भयो; किनकि आफ्नो एक मात्र छोरालाई बलिदान चढाउनदेखि तँ पछि हटिनस्।”
अन्वेषण गर्नुहोस् उत्पत्ति 22:12
4
उत्पत्ति 22:8
अब्राहामले जवाफ दिए, “हेर् छोरा, परमेश्वरले नै होमबलिको निम्ति थुमा जुटाइदिनुहुनेछ।” त्यसपछि ती दुवै सँगसँगै हिँड्दै अगि बढे।
अन्वेषण गर्नुहोस् उत्पत्ति 22:8
5
उत्पत्ति 22:17-18
म निश्चय तँलाई आशिष् दिनेछु; अनि तेरा सन्तानहरूलाई आकाशका ताराझैँ र समुद्रको किनारका बालुवाजस्तै असंख्य वृद्धि गर्नेछु। तेरा सन्तानहरूले आफ्ना शत्रुहरूका सहरहरू अधिकारमा लिनेछन्; अनि तेरा सन्तानहरूद्वारा पृथ्वीका सबै राष्ट्रहरूले आशिष् पाउनेछन्; किनकि तैँले मेरो आज्ञापालन गरेको छस्।”
अन्वेषण गर्नुहोस् उत्पत्ति 22:17-18
6
उत्पत्ति 22:1
केही समयपछि परमेश्वरले अब्राहामलाई जाँच गर्नुभयो। उहाँले तिनलाई बोलाउनुभयो, “अब्राहाम!” तिनले जवाफ दिए, “हजुर, म यहाँ छु।”
अन्वेषण गर्नुहोस् उत्पत्ति 22:1
7
उत्पत्ति 22:11
तर स्वर्गबाट याहवेहका दूतले तिनलाई यसो भनेर बोलाए, “अब्राहाम! ए अब्राहाम!” तिनले जवाफ दिए, “हजुर, म यहाँ छु।”
अन्वेषण गर्नुहोस् उत्पत्ति 22:11
8
उत्पत्ति 22:15-16
तब याहवेहका दूतले स्वर्गबाट अब्राहामलाई दोस्रो पल्ट बोलाए, र भने, “मैले आफ्नै नाममा शपथ खाएको छु, भनी याहवेह घोषणा गर्नुहुन्छ, कि तैँले यो काम गरेको छस्, र तैँले आफ्नो एक मात्र छोरालाई मबाट नरोकेको कारण
अन्वेषण गर्नुहोस् उत्पत्ति 22:15-16
9
उत्पत्ति 22:9
जब तिनीहरू परमेश्वरले भन्नुभएको त्यस ठाउँमा आइपुगे, तब अब्राहामले त्यहाँ एउटा वेदी बनाए; र त्यसमाथि दाउरा मिलाएर राखे। अनि तिनले आफ्नो छोरा इसहाकलाई बाँधे, र वेदीमा दाउरामाथि राखे।
अन्वेषण गर्नुहोस् उत्पत्ति 22:9
होम
बाइबल
योजनाहरू
भिडियोहरू