उद्धार Sample
![उद्धार](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapistaging.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans-staging%2F41883%2F1280x720.jpg&w=3840&q=75)
परमेश्वरउद्धार गर्न आउनुहुन्छ
आदम र हव्वा संग अदनमा एउटा राम्रो कुरा भईरहेको थियो। तिनीहरूको सृष्टिकर्तासँगको ठूलो सम्बन्ध,हरेक जीवित र सास फेर्ने प्राणीहरूमा अधिकार,तिनीहरूको वरिपरि अछुतो सुन्दरता र कपडाहरूमा कुनै थप खर्च थिएन। तिनीहरू अपराध,लाज,नकारात्मकता,वा डरबाट मुक्त थिए। यसरी जिउने कल्पना गर्नुहोस्। यो पूर्ण आनन्दको चित्र हो। रोपिएको शंका,विश्वास गरिएको झूट र उल्ट्याउन नसकिने अनाज्ञाकारी कार्यको कारण यो सबै क्षणभरमा परिवर्तन भयो। सबै हराएको देखिन्थ्यो- मानिस र परमेश्वर बीचको सहज,घनिष्ठ सम्बन्ध टुटेको थियो र सिद्ध संसार अहिले चकनाचुर र त्रुटिपूर्ण देखिन्थ्यो। कस्तो दुखद घटना - अझै सबै हराएको थिएन। परमेश्वर,उहाँ हुनुहुने सिद्ध अभिभावकजस्तै,एउटा योजना थियो जुन तुरुन्तै लागू भयो। उहाँले पुरुष र स्त्रीलाई पशुको छाला बाट लुगा बनाई लगाउनुभयो ताकि तिनीहरूको लाज कम होस् र त्यसपछि तिनीहरूलाई अदनबाट बाहिर संसारमा पठाउनुभयो।
न भनिएको तर स्पष्ट तथ्य यो हो कि यो धेरै उद्धारहरू मध्ये पहिलो थियो जुन परमेश्वरले आफ्ना मानिसहरूलाई तिनीहरूको आफ्नै पापको परिणामबाट बचाउनको लागि आयोजन गर्नुहुनेछ। आदम र हव्वालाई लुगा लगाउनको लागि परमेश्वरले जनावरहरूको बलिदान र रगत बगाउनु पर्ने थियो। यो रगतको बलिदान त्यसकिसिमको पहिलो थियो,जुन पछि मोशाले कसैको पापको प्रायश्चित र क्षतिपूर्तिको माध्यमको रूपमा औपचारिक रूपमा स्थापना गरेका थिए। तिनीहरूलाई अदनबाट बाहिर पठाएर परमेश्वरले उनीहरूलाई सबैभन्दा ठूलो अनुग्रह गर्नुभयो,किनकि यदि तिनीहरू त्यहाँ बसेका भए,तिनीहरूले अनजानमा जीवनको रूखको फल समात्ने थिए र परमेश्वरले न चाहेको अमरत्व पनि पाउन सक्थे। यो कल्पना गर्नुहोस्- हामी बिस्तारै वृद्ध भईरहेका छौ तर कहिल्यै मर्दैनौं! हामी पृथ्वीमा नै नरकमा धकेलिने थियौं। परमेश्वरले उहाँको परम दयामा हामीलाई मृत्युको उपहार दिनुभयो जुन पृथ्वीको शोकबाट मीठो मुक्ति र स्वर्गको आशा हो,जुन पीडारहित,आनन्दले भरिएको अस्तित्वद्वारा चिन्हित छ।
हामी आज अदनमा जस्तो उत्तम अवस्थामा बस्न सक्दैनौं। वास्तवमा,हामी युद्ध,अनिकाल र त्रासदीले ग्रस्त संसारमा बाँचिरहेका छौं। आदम र हव्वालाई उद्धार गर्नुहुने परमेश्वरले उहाँको असीम र अतुलनीय प्रेम र दयाको कारण तिनीहरूका सबै छोराछोरीहरूलाई उद्धार गरिरहनुभएको छ।
विचार:
यदि परमेश्वरले आदम र हव्वालाई तिनीहरूको अन्धकार अवस्थाबाट बचाउन सक्नुहुन्छ भने,उहाँले तपाईंको लागि पनि गर्न सक्नुहुन्छ।
धर्मशास्त्र
यस योजनाको बारेमा
![उद्धार](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapistaging.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans-staging%2F41883%2F1280x720.jpg&w=3840&q=75)
बडा दिन परमेश्वरले हाम्रो उद्धारको निम्ति ख्रीष्टलाई पठाएर हाम्रो लागि गर्नुभएका सबै कुराहरूलाई फर्केर हेर्ने र विचार गर्ने उत्तम समय हो। तपाईंले यो भक्ति पत्र पढ्दा, म प्रार्थना गर्दछु कि तपाईंले आफ्नो उद्धारको सम्झना गर्नुहुनेछ र नयाँ वर्षमा आत्मविश्वास साथ हिड्नु हुनेछ कि उहाँले तपाईंलाई सबै कुराबाट उद्धार गर्नुहुनेछ जुन तपाईंलाई अगाडिको बाटोमा हिंड्न आवश्यक छ।
More
हामी यो योजना प्रदान गर्नुभएकोमा Christine Jayakaran लाई धन्यवाद दिन चाहन्छौं। थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्: https://www.instagram.com/wearezion.in/
Related Plans
![परमेश्वरलाई पहिलो स्थान दिनुहोस्](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapistaging.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans-staging%2F39224%2F320x180.jpg&w=640&q=75)
परमेश्वरलाई पहिलो स्थान दिनुहोस्
![उद्धार](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapistaging.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans-staging%2F41883%2F320x180.jpg&w=640&q=75)
उद्धार
![ग्रेसको गान (Anthem of Grace)](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapistaging.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans-staging%2F45616%2F320x180.jpg&w=640&q=75)
ग्रेसको गान (Anthem of Grace)
![पुनस्थापनालाई रोज्नु](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapistaging.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans-staging%2F40890%2F320x180.jpg&w=640&q=75)
पुनस्थापनालाई रोज्नु
![तपाईँको जीवनको सबैभन्दा ठूलो निर्णय!](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapistaging.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans-staging%2F39225%2F320x180.jpg&w=640&q=75)
तपाईँको जीवनको सबैभन्दा ठूलो निर्णय!
![परमेश्वरको आर्मर - प्रेरितहरूको कार्य](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapistaging.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans-staging%2F46897%2F320x180.jpg&w=640&q=75)
परमेश्वरको आर्मर - प्रेरितहरूको कार्य
![क्रिसमस तपाईंको हृदयमा छ - 7 दिने भिडियो योजना](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapistaging.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans-staging%2F52431%2F320x180.jpg&w=640&q=75)
क्रिसमस तपाईंको हृदयमा छ - 7 दिने भिडियो योजना
![बोलावट](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapistaging.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans-staging%2F42851%2F320x180.jpg&w=640&q=75)
बोलावट
![क्रिसमस तपाईंको हृदयमा छ - 14 दिने भिडियो योजना](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapistaging.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans-staging%2F52432%2F320x180.jpg&w=640&q=75)
क्रिसमस तपाईंको हृदयमा छ - 14 दिने भिडियो योजना
![प्रज्वलितः साहसिक प्रार्थनाको लागि एउटा सरल निर्देशिका](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapistaging.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans-staging%2F43384%2F320x180.jpg&w=640&q=75)