YouVersion लोगो
खोज आइकन

Plan Info

बाइबल आइकनGet the app

उद्धार Sample

उद्धार

दिन 6 को 7

पवित्र आत्माले उद्धार जारी राख्नुहुन्छ

जब येशू पृथ्वीमा हुनुहुन्थ्यो उहाँले स्वर्गलाई अलिकति अरु नजिक ल्याउनुभयो जहिले पनि उहाँले कसैलाई छुनुभयो र तिनीहरूलाई निको पार्नुभयो वा जहिले उहाँले शक्तिशाली सत्य सिकाउनुभयो र मानिसहरूलाई परिवर्तन गर्नुभयो। उहाँ आफ्नो पिताको छेउमा आफ्नो उचित स्थान लिन स्वर्गमा उक्लनुभएपछि,उहाँले आफ्ना प्रत्येक अनुयायीहरूसँग हुनको लागि ईश्वरत्वको तेस्रो व्यक्तिलाई पृथ्वीमा पठाउनुभयो। पवित्र आत्मा शतप्रतिशत परमेश्वर हुनुहुन्छ र उहाँलाई विभिन्न नामले बोलाइन्छ जस्तै पाराकालेओ (जो साथ आउनुहुन्छ),सत्यको आत्मा,सहयोगी,सल्लाहकार,सान्त्वना दिनेवाला र रुआच (हावा)। उहाँलाई मुख्य रूपमा प्रत्येक विश्वासीलाई परमेश्वरको शक्तिले भर्न र परमेश्वरलाई अझ बढी जान्न मद्दत गर्न पठाइएको हो। उहाँ परमेश्वरको आत्मा भएकोले उहाँले हामीलाई परमेश्वरको मन र हृदयलाई अझ राम्रोसँग जान्न मद्दत गर्नुहुन्छ। उहाँले हामीलाई विभिन्न वरदानहरू दिनुहुन्छ जसले हामीलाई ख्रीष्टको शरीरमा एकअर्कालाई आशीष दिन मद्दत गर्दछ र हामीलाई फल फलाउन सक्षम बनाउँछ ताकि मण्डली बाहिरका मानिसहरूले पनि हामीद्वारा ख्रीष्टको अनुभव गर्न सकून्।उहाँ नै हुनुहुन्छ जसले हामीलाई धर्मशास्त्रको गहिरो बुझाइ दिनुहुन्छ र जसले हामीलाई ख्रीष्टमा हाम्रो नयाँ जीवन जोश र उद्देश्यका साथ जिउन मद्दत गर्नुहुन्छ। उहाँले हामीलाई ईश्वरीय जीवन बिताउन आवश्यक पर्ने सबै कुरा दिनुहुन्छ,जसले परमेश्वरलाई प्रसन्न तुल्याउँछ र हामीलाई उहाँसँग नजिकको सम्बन्धमा ल्याउँछ। पवित्र आत्मा कुनै आधिभौतिक स्वर्गीयप्राणी होइन। बरु उहाँ शक्तिशाली हुनुहुन्छ,किनकि उहाँ हावा जस्तै चल्नुहुन्छ जसले चीजहरू वरिपरि घुमाउँछ,र उहाँले हाम्रो जीवनको परिदृश्य परिवर्तन गर्नुहुन्छ। उहाँ झरनाको ताजा पानीजस्तै हुनुहुन्छ जसले हरेक अशुद्धतालाई सफा गर्छ र यसले छुने सबैलाई जीवन दिन्छ। उहाँ आगो जस्तै हुनुहुन्छ जसले अशुद्धतालाई जलाएर सुनलाई शुद्ध पार्छ र पहिले भन्दा धेरै मूल्य र सुन्दरता दिन्छ। उहाँ नै हुनुहुन्छ जसले हामीलाई शत्रुकोचंगुलबाट बचाएर दैनिक रूपमा उद्धार गर्न जारी राख्नुहुन्छ र येशूले हाम्रो लागि कलवरीमा जित्नुभएको विजयमा जिउन मद्दत गर्नुहुन्छ।

विचार:

तपाईंले पवित्र आत्माको सहायता बिना ख्रिस्टिय जीवन जिउन सक्नुहुन्न।

Day 5Day 7

यस योजनाको बारेमा

उद्धार

बडा दिन परमेश्वरले हाम्रो उद्धारको निम्ति ख्रीष्टलाई पठाएर हाम्रो लागि गर्नुभएका सबै कुराहरूलाई फर्केर हेर्ने र विचार गर्ने उत्तम समय हो। तपाईंले यो भक्ति पत्र पढ्दा, म प्रार्थना गर्दछु कि तपाईंले आफ्नो उद्धारको सम्झना गर्नुहुनेछ र नयाँ वर्षमा आत्मविश्वास साथ हिड्नु हुनेछ कि उहाँले तपाईंलाई सबै कुराबाट उद्धार गर्नुहुनेछ जुन तपाईंलाई अगाडिको बाटोमा हिंड्न आवश्यक छ।

More

हामी यो योजना प्रदान गर्नुभएकोमा Christine Jayakaran लाई धन्यवाद दिन चाहन्छौं। थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्: https://www.instagram.com/wearezion.in/