उद्धार Sample

येशू ख्रीष्ट उद्धार हुनुहुन्छ
समस्या सधैं पाप थियो,छ र हुनेछ। यो परमेश्वरको लागि कहिल्यै थिएन। यो उहाँको वचनको लागि कहिल्यै थिएन। उहाँ आफ्ना मानिसहरूलाई प्रतिज्ञा गर्नुभएको प्रत्येक वचनमा वफादार हुनुहुन्थ्यो। उहाँ हरेक तरिकामा अपरिवर्तनीय,पवित्र र धर्मी हुनुहुन्छ। परमेश्वर र मानिसलाई एकअर्काबाट टाढा राख्नको लागि पाप जिम्मेवार थियो।'सबैका लागि एक पटक'समाधान कुनै दोष नभएको सिद्ध बलिदान हुनेछ जसले हरेक पुरुष,महिला र बच्चाको ठाउँ लिन सक्छ जुन कहिल्यै थियो र सधैं हुनेछ। परमेश्वरका पुत्र,येशू ख्रीष्ट त्यो बलिदान हुनुहुन्थ्यो। सबै तरिकामा परमेश्वर हुनुहुन्थियो र तैपनि उहाँ एउटा यस्तो मानिस हुनुभयो जो यहूदियाको असभ्य बाटोमा हिंड्नुभयो,मानिसहरूलाई भेट्नुभयो,बच्चाहरू बोक्नुभयो,अछूतहरूलाई छुनुभयो र स्वर्गलाई पृथ्वीको सानो टुक्रामा ल्यानुभयो। तेत्तीसवर्षको उमेरसम्म उहाँको जीवन हरेक दृष्टि बाट सामान्य थियो,जब तीन वर्ष मानिसहरूलाई शिक्षा दिँदै सेवा गरेपछि उहाँको जीवनमा अनौठो मोड आयो। उहाँलाई झुटोआरोपमा गिरफ्तार गरियो,यरूशलेमको सडकहरूमा एक साधारण अपराधी जस्तै हिँड्न बाध्य बनाईयो र त्यसपछि उहाँलाई त्यो पहाडमा चढ्न लगाइयो जहाँ उहाँलाई क्रूसमा टाँगिएको थियो।उहाँको छलनी र रगत बगेको शरीरले धार्मिक अगुवाहरूको घृणा र सिपाहीहरूको क्रोधकोपरिणाम भोग्नु पर्यो। त्यो क्रुसमा झुण्डेरउहाँले संसारको पापको भार आफूमाथि बोक्नु भयो र पापबलिको रूपमा उहाँको पितालाई प्रस्तुत गर्नुभयो। उहाँ पूर्णतया पापरहित हुनुको लागि धन्यवाद,उहाँको मृत्युमा उहाँले सबैका पापको लागि प्रायश्चित बलि गर्नुभयो। यो त्यो क्षण थियो,जब मानिस एक पटक फेरि कुनै पापले बाटो अवरुद्ध नगरी परमेश्वरको नजिक आउन सक्थे। उहाँको रगतले हाम्रो उद्धार सम्भव बनायो। यो त्यहाँ समाप्त भएन। आफ्नो मृत्युको दुई दिन पछि अन्तिम शक्तिमायेशू मृत्युबाट बौरी उठ्नुभयो र निश्चित रूपमा मृत्युलाई सदाको लागि जित्नुभयो। आज,हामी मृत्युको डरबाट मुक्त र अनन्त जीवनको आशाको साथ बाँच्न सक्छौं, उहाँको पुनरुत्थानको लागि धन्यवाद। हाम्रो उद्धार येशूद्वारा पूरा भयो। जुन कुरा कुनै न्यायकर्ता,शासक,अगमवक्ता वा पुजारीले पूरा गर्न सकेनन,येशूले आफ्नो सर्वोच्च बलिदानद्वारा पूरा गर्नुभयो!
विचार:
येशू ख्रीष्ट एक मात्र नाम छ जसद्वारा तपाईं उद्धार पाउन सक्नुहुन्छ!
धर्मशास्त्र
यस योजनाको बारेमा

बडा दिन परमेश्वरले हाम्रो उद्धारको निम्ति ख्रीष्टलाई पठाएर हाम्रो लागि गर्नुभएका सबै कुराहरूलाई फर्केर हेर्ने र विचार गर्ने उत्तम समय हो। तपाईंले यो भक्ति पत्र पढ्दा, म प्रार्थना गर्दछु कि तपाईंले आफ्नो उद्धारको सम्झना गर्नुहुनेछ र नयाँ वर्षमा आत्मविश्वास साथ हिड्नु हुनेछ कि उहाँले तपाईंलाई सबै कुराबाट उद्धार गर्नुहुनेछ जुन तपाईंलाई अगाडिको बाटोमा हिंड्न आवश्यक छ।
More
हामी यो योजना प्रदान गर्नुभएकोमा Christine Jayakaran लाई धन्यवाद दिन चाहन्छौं। थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्: https://www.instagram.com/wearezion.in/
Related Plans

क्रिसमस तपाईंको हृदयमा छ - 7 दिने भिडियो योजना

प्रज्वलितः साहसिक प्रार्थनाको लागि एउटा सरल निर्देशिका

पुनस्थापनालाई रोज्नु

तपाईँको जीवनको सबैभन्दा ठूलो निर्णय!

परमेश्वरलाई पहिलो स्थान दिनुहोस्

ग्रेसको गान (Anthem of Grace)

उद्धार

परमेश्वरको आर्मर - प्रेरितहरूको कार्य

क्रिसमस तपाईंको हृदयमा छ - 14 दिने भिडियो योजना
