उद्धार नमूना

उद्धार गरिएकाहरूको लागि अनन्तता गन्तव्य हो
हामीले हाम्रो सात दिने यात्रा पूरा गर्दा यो महत्त्वपूर्ण छ कि तपाईंलाई महसुस होस् कि गन्तव्य अनन्तता हो। तपाईं जब अहिले पृथ्वीमा हुनुहुन्छ,तपाईं मानव हुनुको साथ हुने संघर्ष र आशिष्हरू अनुभव गर्दै हुनुहुन्छ। तपाईको हृदयमापनि अब अनन्तता कोरिएको छ, येशुलाई धन्यवाद, जो त्यहाँ बसोबास गर्नुहुन्छ। यसकारण,तपाईले जुनसुकै बाटोमा हिँड्नु वा सहनु परे पनि,तपाई अनन्तकालको लागि आश्वस्त हुन सक्नुहुन्छ जुन पीडा र शोकबाट मुक्त छ। तपाईको जीवन जतिसुकै सफल भए पनि,अनन्तताले तपाईलाई कल्पना गरेकोभन्दा ठूलो ईनाम ल्याउँदछ। येशुसँगको जीवन अनन्तको लागि हो जसको तपाईंले आनन्दित प्रत्याशाका साथ आशा गर्न सक्नुहुन्छ। अनन्तता अब सुरु हुन्छ त्यसैले तपाईं आज कसरी जिउनुहुन्छ त्यसले तपाईंको जीवनको गुणस्तर निर्धारण गर्दछ। जब तपाईं परमेश्वरले दिनुभएको दर्शनको साथ जीवन जिउनुहुन्छ,पवित्र जीवन जिउन र अलग्गै रहन कटिबद्ध हुनुहुन्छ,तब तपाईंको जीवन स्वतः येशूको जस्तै देखिन थाल्छ। तपाईंले विश्वका जुनसुकै भागमा प्रवेश गर्नुभए पनि त्यहाँ गहिरो प्रभाव पार्नुहुनेछ र तपाईं जहाँ जानुहुन्छ,आफ्नो समयभन्दा बाहिर पनि छाप छोड्नुहुनेछ। अनन्ताको मानसिकता कति शक्तिशाली छ।
तपाईंको सपना र महत्वाकांक्षाहरू महत्त्वपूर्ण छन् - त्यसैले तिनीहरूलाई नछोड्नुहोस् तर परमेश्वरले तपाईंको हृदयमा राख्नुहुने सबै कुराको पछि लाग्नुहोस्। आफ्नो नजर सधैं इनाममा राख्नुहोस्,जुन येशू आफै हुनुहुन्छ। तपाईंले सफलता,धन वा प्रभावको चाहना गर्न सक्नुहुन्छ,जुन राम्रो छ तर यदि तपाईंको येशूसँग सम्बन्ध छैन भने यो सबै व्यर्थ हुनेछ। आज र हरेक दिन उहाँलाई चुन्नुहोस्। उहाँको वचनद्वारा उहाँलाई खोज्नुहोस्। पवित्र आत्माको पाइलामा साथ हिड्नुहोस् ताकि तपाईंको हृदय र दिमाग नवीकरण होस्।
विचार:
जीवनले तपाईलाई निराश गर्यो भने माथि हेरिरहनुहोस् ताकि तपाईको अनन्तता प्रशिक्षित र तयार होस्।
यस योजनाको बारेमा

बडा दिन परमेश्वरले हाम्रो उद्धारको निम्ति ख्रीष्टलाई पठाएर हाम्रो लागि गर्नुभएका सबै कुराहरूलाई फर्केर हेर्ने र विचार गर्ने उत्तम समय हो। तपाईंले यो भक्ति पत्र पढ्दा, म प्रार्थना गर्दछु कि तपाईंले आफ्नो उद्धारको सम्झना गर्नुहुनेछ र नयाँ वर्षमा आत्मविश्वास साथ हिड्नु हुनेछ कि उहाँले तपाईंलाई सबै कुराबाट उद्धार गर्नुहुनेछ जुन तपाईंलाई अगाडिको बाटोमा हिंड्न आवश्यक छ।
More
हामी यो योजना प्रदान गर्नुभएकोमा Christine Jayakaran लाई धन्यवाद दिन चाहन्छौं। थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्: https://www.instagram.com/wearezion.in/
सम्बन्धित भक्त्ति पाठहरू

चमत्कारका ३० दिन

क्रिसमस तपाईंको हृदयमा छ - 7 दिने भिडियो योजना

आज्ञा दिनुहोस् – जीरो सम्मेलन

आश्चर्यजनक कथाहरू: परमेश्वरको प्रबन्ध

ग्रेसको गान (Anthem of Grace)

आश्चर्यजनक कथाहरू: परमेश्वरको शक्ति

क्रिसमस तपाईंको हृदयमा छ - 14 दिने भिडियो योजना

ख्रीष्टको अनुसरण गर्नु

आश्चर्यजनक कथाहरु: येशु चङ्गाइकर्ता
