उद्धार Sample

राजाहरूले उद्धार गर्ने प्रयास गरे
परमेश्वरका जनहरू हामी जस्तै नै थिए,यो समानता लगभग डरलाग्दो छ। केहि समय सम्म न्यायकर्ताहरूले भूमिको निरीक्षण गरे पछि,परमेश्वरले एक अगमवक्तालाई ल्याउनुभयो जो परमेश्वरको आवाजसँग धेरै परिचित थिए। शमूएलले इस्राएलीहरूलाई स्वयम परमेश्वरबाट निर्देशन पाएर अगुवाई गरे। उनी एक मध्यस्थको रुपमा काम गर्थे र साँच्चै आफ्ना मानिसहरूको हेरचाह गर्थे। उनको अगुवाई जीवित परमेश्वरसँगको घनिष्ठ साझेदारीको परिणाम थियो,त्यसैले तपाईंले उनको निराशाको कल्पना गर्न सक्नुहुन्छ जब मानिसहरूले उनीहरूलाई अगुवाई गर्नको लागि अगमवक्ता नचाहिने निर्णय गरे। तिनीहरूले यसको सट्टामा राजा मागे। परिवर्तनको लागिखुलेर सोध्नु गलत होइन,तर यसको लागि सोध्नुको पछाडि हाम्रो उद्देश्य महत्त्वपूर्ण छ। मानिसहरूले भने कि तिनीहरू वरपरका राष्ट्रहरू जस्तै बन्न चाहन्छन् जसलाई राजाहरूले अगुवाई गर्छन्। तिनीहरूले बिर्सेका थिए कि तिनीहरूको अस्तित्वको मूलभूत आधार भनेको परमेश्वरले तिनीहरूलाई बाँकी राष्ट्रहरूबाट अलग गर्न चाहनुहुन्थ्यो। उहाँले तिनीहरूलाई आफ्नो लागि छान्नुभएको थियो। उहाँ तिनीहरूका लागि ईर्ष्यालु हुनुहुन्थ्यो र उहाँले तिनीहरूका लागि निर्धारित गरेको महान उद्देश्यहरूको लागि तिनीहरूलाई पवित्र गरिएको चाहनुहुन्थियो। तैपनि,जब तिनीहरूले यो माग गरे,उहाँले स्वीकार गर्नुभयो र शाऊललाई इस्राएलको राजाको रूपमा अभिषेक गर्नुभयो। शाऊल अविश्वासी साबित भए र परमेश्वरले अन्ततः दाऊदलाई ल्याउनुभयो जो आउने पुस्ताको लागि एक नमूना राजा हुनेछन।प्रत्येक राजाको लागि महत्वपूर्ण आवश्यकता थियो कि उनले परमेश्वरको वचनमा आधारित आफ्नो जीवन बिताउने,बुद्धिका साथ शासन गर्ने र धार्मिकता र न्यायको साथ व्यवहार गर्ने थियो। अपेक्षा गरे जस्तै,उत्कृष्ट राजाहरू पनि सिद्ध थिएनन्। शाही परिवार क्रमशः नैतिक रूपमा भ्रष्ट र अध्यात्मिक हुँदै गए,कि परमेश्वरले अन्ततः तिनीहरूलाई र तिनीहरूका मानिसहरूलाई शत्रु राष्ट्रहरूको हातमा सुम्पनुभयो जो निर्दयी र क्रूर थिए। सबैभन्दा खराब पक्ष यो थियो कि प्रतिज्ञा गरिएको भूमि अब आक्रमणकारीहरूले ओगटेको थियो र मानिसहरू विदेशी भूमिमा निर्वासित थिए। दुर्भाग्यवश,निर्वासनको समयमा शासन गर्ने राजाहरूले अन्धकारमा मौका छोपेर भाग्ने प्रयास गरेर आउने प्रलयबाट बच्ने प्रयास गरे तर उनीहरूलाई कैद गरियो र बन्दी बनाइयो।आफ्नो मानिसहरुलाई बचाउन चुनेको शासकहरूको अपर्याप्तताको यो कस्तो चित्र। यो स्पष्ट छ कि राजाहरूले आफ्नो राष्ट्रलाई परमेश्वर र तिनीहरूको परमेश्वर-निर्धारित गन्तव्यतर्फ डोऱ्याउन महत्त्वपूर्ण भूमिका खेल्छन्।
विचार:
हाम्रा अगुवाहरूको लागि प्रार्थना गर्नु सबैभन्दा महत्त्वपूर्ण छ ताकि तिनीहरूले हामीलाई शक्ति र बुद्धिको साथ अगुवाई गर्न सकून्।
धर्मशास्त्र
यस योजनाको बारेमा

बडा दिन परमेश्वरले हाम्रो उद्धारको निम्ति ख्रीष्टलाई पठाएर हाम्रो लागि गर्नुभएका सबै कुराहरूलाई फर्केर हेर्ने र विचार गर्ने उत्तम समय हो। तपाईंले यो भक्ति पत्र पढ्दा, म प्रार्थना गर्दछु कि तपाईंले आफ्नो उद्धारको सम्झना गर्नुहुनेछ र नयाँ वर्षमा आत्मविश्वास साथ हिड्नु हुनेछ कि उहाँले तपाईंलाई सबै कुराबाट उद्धार गर्नुहुनेछ जुन तपाईंलाई अगाडिको बाटोमा हिंड्न आवश्यक छ।
More
हामी यो योजना प्रदान गर्नुभएकोमा Christine Jayakaran लाई धन्यवाद दिन चाहन्छौं। थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्: https://www.instagram.com/wearezion.in/
Related Plans

क्रिसमस तपाईंको हृदयमा छ - 14 दिने भिडियो योजना

तपाईँको जीवनको सबैभन्दा ठूलो निर्णय!

बोलावट

परमेश्वरको आर्मर - प्रेरितहरूको कार्य

उद्धार

पुनस्थापनालाई रोज्नु

प्रज्वलितः साहसिक प्रार्थनाको लागि एउटा सरल निर्देशिका

परमेश्वरलाई पहिलो स्थान दिनुहोस्

क्रिसमस तपाईंको हृदयमा छ - 7 दिने भिडियो योजना
