1
१ राजाहरू 17:14
नेपाली नयाँ संशोधित संस्करण
किनकि परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: ‘देशमा परमप्रभुले पानी नपठाउञ्जेल भाँड़ाको पीठो सिद्धिनेछैन र ढुङ्ग्रोको तेल रित्तिनेछैन’।”
तुलना
अन्वेषण गर्नुहोस् १ राजाहरू 17:14
2
१ राजाहरू 17:1
अब गिलादको तिश्बेका तिश्बी एलियाले आहाबलाई भने, “परमप्रभु इस्राएलका परमेश्वर जसको सेवा म गर्दछु, उहाँको जीवित नाउँमा शपथ खाएर म भन्दछु, कि मेरो वचनविना आगामी केही वर्षहरूभरि न त शीत पर्नेछ न केही पानी पर्नेछ।”
अन्वेषण गर्नुहोस् १ राजाहरू 17:1
3
१ राजाहरू 17:13
एलियाले त्यसलाई भने, “नडराऊ, घर गएर तिमीले भनेझैँ गर। तर पहिले तिमीसित जे छ त्यसको एउटा सानो रोटी बनाएर मकहाँ ल्याऊ, र त्यसपछि तिमी र तिम्रो छोराको निम्ति केही बनाऊ।
अन्वेषण गर्नुहोस् १ राजाहरू 17:13
4
१ राजाहरू 17:12
त्यस विधवाले जवाफ दिई “जीवित परमप्रभु तपाईंका परमेश्वरको नाउँमा शपथ खाएर म भन्छु, कि भाँड़ामा एक मुट्ठी पीठो र ढुङ्ग्रोमा अलिकता तेलबाहेक मसित केही रोटी छैन। म आफै र मेरो छोराको निम्ति खानेकुरा बनाएर खाई मर्नलाई घरमा केही झिँजामिजा लानलाई खोज्दैछु।”
अन्वेषण गर्नुहोस् १ राजाहरू 17:12
5
१ राजाहरू 17:9
“अब झट्टै सीदोनका सारपतमा गएर त्यहाँ बस्। तँलाई खुवाउन मैले त्यस ठाउँमा एउटी विधवालाई आज्ञा गरेको छु।”
अन्वेषण गर्नुहोस् १ राजाहरू 17:9
6
१ राजाहरू 17:16
किनकि एलियाद्वारा परमप्रभुले भन्नुभएझैँ भाँड़ाको पीठो सिद्धिएन, र ढुङ्ग्रोको तेल पनि रित्तिएन।
अन्वेषण गर्नुहोस् १ राजाहरू 17:16
7
१ राजाहरू 17:15
त्यो विधवा गएर एलियाले भनेझैँ गरी। यसैले एलियाको निम्ति र त्यो र त्यसका परिवारको निम्ति दिनहुँ खानेकुरा भयो।
अन्वेषण गर्नुहोस् १ राजाहरू 17:15
8
१ राजाहरू 17:10
यसैले तिनी सारपतमा गए। जब तिनी सारपतको मूल ढोकामा आइपुगे, तब तिनले एउटी विधवालाई दाउरा बटुलिरहेकी देखे। तिनले हपारेर त्यसलाई भने, “कृपा गरी एउटा लोहोटामा मलाई अलिकता पानी पिउनलाई ल्याइदेऊ।”
अन्वेषण गर्नुहोस् १ राजाहरू 17:10
9
१ राजाहरू 17:4
तैंले खोलाको पानी पिउनू, र तँलाई त्यहाँ खुवाउनलाई मैले कागहरूलाई हुकुम गरेको छु।”
अन्वेषण गर्नुहोस् १ राजाहरू 17:4
10
१ राजाहरू 17:11
त्यो विधवा पानी ल्याउनलाई जाँदाजाँदै तिनले फेरि हपारेर त्यसलाई भने, “कृपा गरी एक टुक्रा रोटी मलाई ल्याइदेऊ।”
अन्वेषण गर्नुहोस् १ राजाहरू 17:11
11
१ राजाहरू 17:6
त्यहाँ कागहरूले तिनलाई बिहान रोटी र मासु र बेलुकी रोटी र मासु ल्याइदिए, र तिनले खोलाको पानी पिए।
अन्वेषण गर्नुहोस् १ राजाहरू 17:6
12
१ राजाहरू 17:7
केही समयपछि देशमा पानी नपरेकोले त्यो खोलाको पानी सुक्यो।
अन्वेषण गर्नुहोस् १ राजाहरू 17:7
13
१ राजाहरू 17:24
तब त्यस विधवाले एलियालाई भनी, “अब मलाई यो थाहा भयो, कि तपाईं परमेश्वरका जन हुनुहुँदोरहेछ, र तपाईंको मुखबाट निस्केको परमप्रभुको वचन सत्य रहेछ।”
अन्वेषण गर्नुहोस् १ राजाहरू 17:24
14
१ राजाहरू 17:5
यसैले परमप्रभुले भन्नुभएझैँ तिनले गरे। तिनी यर्दनको पूर्वतिर भएको करीत खोल्सामा गएर बसे।
अन्वेषण गर्नुहोस् १ राजाहरू 17:5
15
१ राजाहरू 17:22
परमप्रभुले एलियाको पुकारा सुन्नुभयो, र त्यसमा जीवन फर्क्यो र त्यो बाँच्यो।
अन्वेषण गर्नुहोस् १ राजाहरू 17:22
होम
बाइबल
योजनाहरू
भिडियोहरू