1
१ राजाहरू 18:37
नेपाली नयाँ संशोधित संस्करण
मलाई जवाफ दिनुहोस्, हे परमप्रभु, जवाफ दिनुहोस्, र यी मानिसहरूले जानून्, कि तपाईं परमप्रभु नै परमेश्वर हुनुहुन्छ, र तपाईंले नै तिनीहरूका मन फर्काउँदैहुनुहुन्छ।”
तुलना
अन्वेषण गर्नुहोस् १ राजाहरू 18:37
2
१ राजाहरू 18:36
बलिदानको बेलामा एलिया अगमवक्ताले अगि बढ़ेर प्रार्थना गरे, “हे परमप्रभु, अब्राहाम, इसहाक र इस्राएलका परमेश्वर, इस्राएलमा तपाईं परमेश्वर हुनुहुन्छ, र मचाहिँ तपाईंको दास हुँ, र यी सबै काम तपाईंको आज्ञाअनुसार मैले गरेको छु भनी आज थाहा होस्।
अन्वेषण गर्नुहोस् १ राजाहरू 18:36
3
१ राजाहरू 18:21
एलियाले मानिसहरूका अगि आएर भने, “तिमीहरू कहिलेसम्म दोधारमा बसिरहन्छौ? यदि परमप्रभु नै परमेश्वर हुनुहुन्छ भने उहाँलाई पछ्याओ। तर यदि बाल परमेश्वर हो भने त्यसलाई पछ्याओ।” तर मानिसहरूले केही भनेनन्।
अन्वेषण गर्नुहोस् १ राजाहरू 18:21
4
१ राजाहरू 18:38
तब परमप्रभुको आगो बर्स्यो र आगोले बलिदान, दाउरा, ढुङ्गाहरू र माटो भस्म पार्यो, र खाड़लको पानी पनि सुकाइदियो।
अन्वेषण गर्नुहोस् १ राजाहरू 18:38
5
१ राजाहरू 18:39
जब सबै मानिसहरूले यो देखे, तब तिनीहरू भूइँमा घोप्टो परी कराएर भने, “परमप्रभु उहाँ नै परमेश्वर हुनुहुँदोरहेछ! परमप्रभु, उहाँ नै परमेश्वर हुनुहुँदोरहेछ!”
अन्वेषण गर्नुहोस् १ राजाहरू 18:39
6
१ राजाहरू 18:44
सातौँ पल्टमा चाकरले भन्यो, “मान्छेको हात जत्रो एउटा बादल समुद्रबाट उठ्दैछ।” तब एलियाले त्यसलाई भने, “गएर आहाबलाई भन, ‘आफ्नो रथ तयार गरेर तल गइहाल्नुहोस्, नत्रता तपाईंलाई पानीले रोक्नेछ’।”
अन्वेषण गर्नुहोस् १ राजाहरू 18:44
7
१ राजाहरू 18:46
परमप्रभुको शक्ति एलियामाथि पर्यो, र आफ्नो खास्टो पटुकामा लपेटेर तिनी यिजरेलसम्मै आहाबको अगिअगि बाटोमा कुदे।
अन्वेषण गर्नुहोस् १ राजाहरू 18:46
8
१ राजाहरू 18:41
अनि एलियाले आहाबलाई भने, “गएर खानपान गर्नुहोस्, किनभने म ठूलो झरी आइरहेको सुन्दैछु।”
अन्वेषण गर्नुहोस् १ राजाहरू 18:41
9
१ राजाहरू 18:43
तिनले आफ्नो चाकरलाई भने, “गएर समुद्रतिर हेर्।” त्यसले गएर हेर्यो। त्यसले भन्यो, “त्यहाँ केही छैन।” एलियाले सात पल्ट त्यसलाई “गएर हेर्” भने।
अन्वेषण गर्नुहोस् १ राजाहरू 18:43
10
१ राजाहरू 18:30
तब एलियाले सबै मानिसहरूलाई भने, “यहाँ मकहाँ आओ।” तिनीहरू तिनीकहाँ आए। त्यसपछि परमप्रभुको भत्केको वेदीलाई तिनले मरम्मत गरे।
अन्वेषण गर्नुहोस् १ राजाहरू 18:30
11
१ राजाहरू 18:24
तब तिमीहरू आफ्नो देवता पुकार, र म परमप्रभुको नाउँ पुकार्नेछु। त्यो देवता जसले आगोद्वारा जवाफ दिनुहुन्छ, त्यही नै परमेश्वर हुनुहुन्छ।” तब सबै मानिसहरूले भने, “तपाईंले भन्नुभएको कुरा असल हो।”
अन्वेषण गर्नुहोस् १ राजाहरू 18:24
12
१ राजाहरू 18:31
एलियाले बाह्र वटा ढुङ्गा लिए, प्रत्येक ढुङ्गा याकूबबाट आएको एक-एक कुलको निम्ति, जसकहाँ परमप्रभुको यसो भन्ने वचन आएको थियो, “तेरो नाउँ इस्राएल हुनेछ।”
अन्वेषण गर्नुहोस् १ राजाहरू 18:31
13
१ राजाहरू 18:27
मध्यदिनमा एलियाले यसो भनेर उनीहरूलाई ठट्टा गर्न लागे, “अझ जोडसित कराओ। निश्चय नै त्यो त देवता हो! शायद ऊ घोर ध्यानमा मग्न होला, अथवा काममा व्यस्त होला वा यात्रामा गएको होला। शायद ऊ सुतिरहेको होला र उठाउनुपर्छ।”
अन्वेषण गर्नुहोस् १ राजाहरू 18:27
14
१ राजाहरू 18:32
ती ढुङ्गाहरू लिएर तिनले परमप्रभुको नाउँमा एउटा वेदी बनाए। तिनले त्यस वेदीको वरिपरि पन्ध्र लिटर जति बीउ जाने ठूलो खाड़ल खने।
अन्वेषण गर्नुहोस् १ राजाहरू 18:32
होम
बाइबल
योजनाहरू
भिडियोहरू