1
१ राजा 18:37
सरल नेपाली पवित्र बाइबल
मलाई जवाफ दिनुहोस्, परमप्रभु, मलाई जवाफ दिनुहोस् र यी मानिसहरूले तपाईं परमप्रभु परमेश्वर हुनुहुन्छ र तपाईंले नै यिनीहरूलाई आफूकहाँ फर्काउँदै हुनुहुन्छ भनी जानून्।”
तुलना
अन्वेषण गर्नुहोस् १ राजा 18:37
2
१ राजा 18:36
साँझको बलिदान चढाउने समयमा एलिया अगमवक्ता वेदीको छेउमा गएर प्रार्थना गर्न लागे, “हे परमप्रभु, अब्राहाम, इसहाक र याकूबका परमेश्वर, तपाईं इस्राएलमा परमेश्वर हुनुहुन्छ र म तपाईंको सेवक हुँ र तपाईंको आज्ञाले यी सबै काम गर्दै छु भनी प्रमाण दिनुहोस्।
अन्वेषण गर्नुहोस् १ राजा 18:36
3
१ राजा 18:21
मानिसहरूका अघि गएर एलियाले भने, “अब कहिलेसम्म तिमीहरू दुई मन गरेर बस्छौ? परमप्रभु परमेश्वर हुनुहुन्छ भने उहाँलाई भन तर यदि बाल परमेश्वर हो भने उसैलाई पुकार!” तर मानिसहरूले एक शब्द पनि बोलेनन्।
अन्वेषण गर्नुहोस् १ राजा 18:21
4
१ राजा 18:38
परमप्रभुले आगो पठाउनुभयो र आगोले बलि, दाउरा र ढुङ्गाहरू भस्म पार्यो, भूइँ डढायो र खाडलका पानी सुकाइदियो।
अन्वेषण गर्नुहोस् १ राजा 18:38
5
१ राजा 18:39
त्यो देखेर मानिसहरू भूइँमा पस्रिए र कराएर भने, “परमप्रभु परमेश्वर हुनुहुन्छ, परमप्रभु मात्र परमेश्वर हुनुहुन्छ!”
अन्वेषण गर्नुहोस् १ राजा 18:39
6
१ राजा 18:44
सातौँ खेपमा त्यो फर्केर आई भन्यो, “मान्छेको हातजत्रो बादलको टुक्रा समुद्रबाट आइरहेको म देख्दै छु।” एलियाले आफ्नो चाकरलाई आज्ञा गरे, “आहाब राजाकहाँ गएर भन् कि पानीले तिनलाई रोक्नुभन्दा अघि नै तिनी आफ्नो रथमा चढेर गइहालून्।”
अन्वेषण गर्नुहोस् १ राजा 18:44
7
१ राजा 18:46
परमप्रभुको शक्ति एलियामा पर्यो। तिनले आफ्ना लुगा कम्मरमा बेह्रे र आहाबको अघि-अघि यिजरेलसम्मै दगुरेर गए।
अन्वेषण गर्नुहोस् १ राजा 18:46
8
१ राजा 18:41
त्यसपछि एलियाले आहाब राजालाई भने, “अब गएर भान्सा गर्नुहोस्। मैले भारी वर्षा आइरहेको आवाज सुन्दै छु।”
अन्वेषण गर्नुहोस् १ राजा 18:41
9
१ राजा 18:43
तिनले आफ्नो चाकरलाई भने, “गएर समुद्रतिर हेर्।” चाकर गयो र यसो भन्दै फर्क्यो, “मैले केही पनि देखिनँ।” सात पल्ट एलियाले त्यसलाई त्यसरी गएर हेर्न लाए।
अन्वेषण गर्नुहोस् १ राजा 18:43
10
१ राजा 18:30
तब एलियाले मानिसहरूलाई भने, “मेरा नजिक आओ।” सबै उनको छेउमा चारैपट्टि जम्मा भए। उनले परमप्रभुको भत्केको वेदीलाई मरमत गरे।
अन्वेषण गर्नुहोस् १ राजा 18:30
11
१ राजा 18:24
तब बालका अगमवक्ताहरूले आफ्ना देवतालाई प्रार्थना गरून् र म परमप्रभुलाई प्रार्थना गर्नेछु। जसले आगो पठाएर जवाफ दिनुहुनेछ, उहाँ नै परमेश्वर हुनुहुन्छ।” मानिसहरूले जोडले कराएर त्यो कुरा स्वीकारे।
अन्वेषण गर्नुहोस् १ राजा 18:24
12
१ राजा 18:31
उनले हरेक कुलका नाममा एउटाका हिसाबले बाह्र वटा ढुङ्गाहरू लिए। ती कुलहरूका नाम याकूबका छोराहरूका नामअनुसार राखिएका थिए र याकूबलाई परमप्रभुले ‘इस्राएल’ नाम दिनुभएको थियो।
अन्वेषण गर्नुहोस् १ राजा 18:31
13
१ राजा 18:27
मध्यदिन भएपछि एलियाले ठट्टा गर्दै तिनीहरूलाई भने, “अझ जोडले प्रार्थना गर! त्यो त देवता हो! ऊ दिउँसै सपना देख्दै होला अथवा दिसा बस्न गएको होला वा त यात्रामा गएको होला! हुन सक्छ, ऊ सुतेको छ, तिमीहरूले उसलाई उठाउनुपर्छ।”
अन्वेषण गर्नुहोस् १ राजा 18:27
14
१ राजा 18:32
ती ढुङ्गाहरूले उनले परमप्रभुको आराधना गर्न वेदी बनाए। वेदीका चारैपट्टि उनले खाडल खने। खाडल निकै ठूलो थियो र चौध लिटर जति पानी त्यसमा हाल्न सकिन्थ्यो।
अन्वेषण गर्नुहोस् १ राजा 18:32
होम
बाइबल
योजनाहरू
भिडियोहरू