1
उपदेशक 5:2
सरल नेपाली पवित्र बाइबल
बोल्नुअघि सोच, बिनासोच-विचार परमेश्वरलाई केही भाकल नगर। उहाँ स्वर्गमा हुनुहुन्छ र तिमीचाहिँ पृथ्वीमा छौ। यसकारण चाहिँ त्यो बाहेक ज्यादा नबोल।
तुलना
अन्वेषण गर्नुहोस् उपदेशक 5:2
2
उपदेशक 5:19
परमेश्वरले कसैलाई धन-सम्पत्ति दिनुभयो र त्यसमा आनन्द मनाउन दिनुभयो भने धन्यवादी भएर उसले आफ्नो काममा आनन्द गरोस्। त्यो परमेश्वरको दान हो।
अन्वेषण गर्नुहोस् उपदेशक 5:19
3
उपदेशक 5:10
रकम-पैसाको लोभ गर्ने मानिस कहिल्यै अघाउँदैन, धन-सम्पत्तिको लोभ गर्ने मानिसले कहिले पनि जति कमाउन सक्दैन। यो पनि व्यर्थ हो।
अन्वेषण गर्नुहोस् उपदेशक 5:10
4
उपदेशक 5:1
मन्दिर जाँदा होशियारी हुनू। त्यहाँ गएर शिक्षा लिनु मूर्खले झैँ बलिदान चढाउनुभन्दा असल हो। त्यस्ता मूर्खले भलो र कुभलो छुट्ट्याउन सक्दैन।
अन्वेषण गर्नुहोस् उपदेशक 5:1
5
उपदेशक 5:4
यसकारण परमेश्वरसित केही प्रतिज्ञा गरेपछि सक्दो चाँडो त्यो पूरा गर। मूर्ख मानिस उहाँलाई काम लाग्दैन। जे भाकल गर्छौ, त्यो पूरा गर।
अन्वेषण गर्नुहोस् उपदेशक 5:4
6
उपदेशक 5:5
भाकल गरेर त्यो पूरा नगर्नुभन्दा भाकल गर्दै नगर्नु असल हो।
अन्वेषण गर्नुहोस् उपदेशक 5:5
7
उपदेशक 5:12
पूरै खाओस् कि थोरै खाओस्, परिश्रम गर्ने मानिसको निद्रा मीठो हुन्छ। तर धनी मानिसको धन धेरै भएकोले उसलाई निद्रा लाग्दैन र चिन्ता भइरहन्छ।
अन्वेषण गर्नुहोस् उपदेशक 5:12
8
उपदेशक 5:15
हामी जस्तो आयौं, त्यस्तै यस संसारबाट बिदा लिंदछौं अर्थात् खाली हात। हाम्रा सारा मेहनतबाट हामीले केही लान पाउँदैनौं।
अन्वेषण गर्नुहोस् उपदेशक 5:15
होम
बाइबल
योजनाहरू
भिडियोहरू