1
प्रकाश 13:18
सरल नेपाली पवित्र बाइबल
यसमा बुद्धि चाहिन्छ, जसको सम्झने शक्ति छ, त्यसले त्यो जनावरको सङ्ख्या बुझोस् किनभने त्यो सङ्ख्याले एउटा मान्छेको नाउँ बुझाउँछ र त्यसको सङ्ख्याचाहिँ ६६६ हो।
तुलना
अन्वेषण गर्नुहोस् प्रकाश 13:18
2
प्रकाश 13:8
मारिएका थुमाको जीवनको पुस्तकमा संसारको उत्पत्तिभन्दा पहिले नै नाउँ लेखिएका व्यक्तिहरू बाहेक पृथ्वीमा रहनेहरू सबैले नै त्यो जनावरलाई मान-आदर गर्नेछन्।
अन्वेषण गर्नुहोस् प्रकाश 13:8
3
प्रकाश 13:16-17
तब त्यसले साना र ठूला, धनी र गरीब, कमारा र मुक्त सबैलाई आफ्ना दाहिने हातमा वा आ-आफ्ना निधारमा चिन्ह लाउन लगायो। यो दागचाहिँ त्यो जनावरको नाउँ अथवा त्यसको सङ्ख्या थियो अनि जति जनाले त्यो दाग पाएनन्, उनीहरूले किनबेच गर्न नपाउने भए।
अन्वेषण गर्नुहोस् प्रकाश 13:16-17
4
प्रकाश 13:10
कोही मानिस कैदको लागि छ भने त्यसलाई कैद गरिनेछ र कुनै मानिस तरवारले मारिनुछ भने त्यो अवश्य तरवारले नै मारिनेछ। यसको निम्ति परमेश्वरका भक्तहरूमा सहने शक्ति र विश्वास हुनुपर्छ।”
अन्वेषण गर्नुहोस् प्रकाश 13:10
5
प्रकाश 13:1
यसपछि समुद्रबाट निस्की आउँदैगरेको एउटा जनावर मैले देखें। त्यसका दश सिङ र सातवटा टाउका थिए र प्रत्येक सिङमा एउटा मुकुट थियो र त्यसको प्रत्येक टाउकोमा परमेश्वरलाई अपमान गर्ने एउटा नाउँ थियो।
अन्वेषण गर्नुहोस् प्रकाश 13:1
6
प्रकाश 13:7
त्यसलाई परमेश्वरका मानिसहरूसित लडाइँ गरेर उनीहरूलाई जित्ने हक दिइएको थियो। सबै कुल, देश, भाषा र जातिमाथि अधिकार गर्न त्यसलाई हक दिइएको थियो।
अन्वेषण गर्नुहोस् प्रकाश 13:7
7
प्रकाश 13:14-15
त्यो पहिलो जनावरको अगाडि यस्ता अचम्मका चिन्हहरू देखाउने शक्ति त्यसलाई दिइएको थियो। यसैले गर्दा संसारका सबै मानिसहरूलाई त्यसले भर्मायो। तरवारले घायल भएर पनि बाँचेको त्यो जनावरलाई मान्न सबैले त्यसको मूर्ति बनाउनू भनेर त्यो दोस्रो जनावरले हुकुम गर्यो। पहिलो जनावरको मूर्तिले बोलोस् र त्यो मूर्ति पूजा नगर्नेहरू जतिलाई मारिदेओस् भनेर त्यस जनावरको मूर्तिमा सास फुकिदिने अधिकार दोस्रो जनावरलाई दिइएको थियो।
अन्वेषण गर्नुहोस् प्रकाश 13:14-15
8
प्रकाश 13:2
त्यो जनावर चितुवाजस्तो देखिन्थ्यो। त्यसका खुट्टा भालुका जस्ता थिए र मुखचाहिँ सिंहको जस्तो थियो। त्यो अजिङ्गरले आफ्नो शक्ति, सिंहासन र ठूलो अधिकार त्यो जनावरलाई दियो।
अन्वेषण गर्नुहोस् प्रकाश 13:2
9
प्रकाश 13:5
आफ्नो घमण्डको कुरा गरेर परमेश्वरको अपमान गर्न त्यस जनावरलाई बयालीस महिनासम्म समय दिइएको थियो।
अन्वेषण गर्नुहोस् प्रकाश 13:5
10
प्रकाश 13:3
त्यसका टाउकाहरूमध्ये एउटामा चाहिँ मर्ने गरी गहिरो चोट लागेको जस्तो देखिन्थ्यो, तर त्यो गहिरो चोट निको भएको थियो। सारा संसार छक्क परी त्यस जनावरलाई पछ्याउन लाग्यो।
अन्वेषण गर्नुहोस् प्रकाश 13:3
11
प्रकाश 13:11-12
यसपछि मैले पृथ्वीबाट निस्किआएको अर्को एउटा जनावर देखें। थुमाका जस्ता त्यसका दुईटा सिङ थिए र त्यसको बोली अजिङ्गरको जस्तो थियो। त्यसले त्यो पहिलो जनावरपट्टिबाट त्यसको ठूलो अधिकार चलायो र त्यो घाउ निको भएको पहिलो जनावरलाई मान-आदर गर्न संसारका सबै मानिसलाई कर लगायो।
अन्वेषण गर्नुहोस् प्रकाश 13:11-12
होम
बाइबल
योजनाहरू
भिडियोहरू