1
हितोपदेश 14:12
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
NCV
कुनै बाटो मानिसलाई ठिक लाग्ला, तर अन्त्यमा त्यसले मृत्युमा पुर्याउँछ।
तुलना
अन्वेषण गर्नुहोस् हितोपदेश 14:12
2
हितोपदेश 14:30
शान्त हृदयले शरीरलाई जीवन दिन्छ; तर ईष्र्याचाहिँ हड्डीहरूका निम्ति क्यान्सरजस्तै हुन्छ।
अन्वेषण गर्नुहोस् हितोपदेश 14:30
3
हितोपदेश 14:29
धैर्यवान् मानिसको समझशक्ति अपार हुन्छ, तर झट्टै रिसाउनेले आफ्नो मूर्खतालाई प्रदर्शन गर्छ।
अन्वेषण गर्नुहोस् हितोपदेश 14:29
4
हितोपदेश 14:1
बुद्धिमान् स्त्रीले आफ्नो घर निर्माण गर्छे; तर मूर्ख स्त्रीले आफ्नै हातले आफ्नो घर भत्काउँछे।
अन्वेषण गर्नुहोस् हितोपदेश 14:1
5
हितोपदेश 14:26
याहवेहको डर मान्नेको किल्ला सुरक्षित रहन्छ; र त्यसका छोराछोरीको लागि त्यो एक शरणस्थान हुनेछ।
अन्वेषण गर्नुहोस् हितोपदेश 14:26
6
हितोपदेश 14:27
याहवेहप्रतिको श्रद्धा जीवनको मूल हो, जसले मानिसलाई मृत्युको पासोबाट फर्काउँछ।
अन्वेषण गर्नुहोस् हितोपदेश 14:27
7
हितोपदेश 14:16
बुद्धिमान् मानिसले याहवेहको डर मान्छ, र दुष्टतादेखि परै बस्छ; तर मूर्खचाहिँ अहङ्कारी हुन्छ, विस्वस्त हुन्छ।
अन्वेषण गर्नुहोस् हितोपदेश 14:16