YouVersion लोगो
खोज आइकन

बालबालिकाहरूका लागि बाइबलकोनमूना

बालबालिकाहरूका लागि बाइबलको

दिन 2 को 8

परमेश्‍वरले सबै कुरा बनाउनुभयो। परमेश्‍वरले पहिलो मानिस आदम बनाउनुभयो र तिनी आफ्नी श्रीमती हव्वासँगै अदनको बगैंचामा बसे। परमेश्‍वरको आज्ञा पालन गर्दै तिनीहरू आनन्दसाथ जिइरहेका थिए। एक दिन...

“के परमेश्‍वरले तिमीहरूलाई कुनै पनि रूखको फल नखानू भनी भन्‍नुभएको छ?” सर्पले हव्वालाई सोध्यो। “बगैंचाका एउटा रूखबाहेक सबै रूखहरूका फल हामी खान सक्छौं,” उनले जवाफ दिइन्। “हामीले त्यो फल खायौं वा छोयौं भने पनि हामी मर्नेछौं।”सर्पले छल गर्दै भन्यो, “तिमीहरू मर्नेछैनौ।”“तिमीहरू परमेश्‍वरजस्तै हुनेछौ।”हव्वाले त्यो रूखको फल खान चाहिन्। सर्पको कुरा सुनेर तिनले त्यो फल खाइन्।

हव्वाले परमेश्‍वरको अवज्ञा गरेपछि आदमलाई पनि त्यो फल खान लगाइन्। आदमले यसो भनेका हुनुपर्छ, “अह! म परमेश्‍वरको वचनको अवज्ञा गर्नेछैनँ।”

आदम र हव्वाले पाप गरेपछि तिनीहरू दुवैले आफूहरू नाङ्गै भएको थाहा पाए। नेभाराका पातको लुगा बनाएर लगाएपछि तिनीहरू परमेश्‍वरको उपस्थितिदेखि झाडीभित्र लुके।

शीतल साँझपख परमेश्‍वर बगैंचामा आउनुभयो। आदम र हव्वाले गरेका काम उहाँलाई थाहा थियो। आदमले हव्वालाई दोष लगाए। हव्वाले सर्पलाई दोष लगाइन्। परमेश्‍वरले भन्‍नुभयो, “सर्प श्रापित भएको छ। सन्तान जन्माउँदा स्त्रीलाई पीडा हुनेछ।”

“आदम, तैंले पाप गरेको हुनाले जमीन श्रापित भएको छ अनि त्यसले काँडा र सिउँडी उमार्नेछ। तैंले पसिना बगाउँदै परिश्रम गरेर दैनिक भोजन खानेछस्।”

परमेश्‍वरले आदम र हव्वालाई त्यो सुन्दर बगैंचादेखि धपाइदिनुभयो। तिनीहरूले पाप गरेका हुनाले तिनीहरू जीवन दिनुहुने परमेश्‍वरदेखि अलग पारिए!

परमेश्‍वरले तिनीहरूलाई बगैंचाभित्र पस्‍न नदिन ज्वालामय तरवार बनाउनुभयो। परमेश्‍वरले आदम र हव्वाको निम्ति छालाका लुगा बनाइदिनुभयो। परमेश्‍वरले त्यो छाला कहाँबाट ल्याउनुभयो?

केही समयपछि आदम र हव्वाका सन्तान जन्मिए। तिनीहरूका जेठो छोरा कयिन खेतीकिसानी गर्ने भए। तिनीहरूका माहिलो छोरा हाबिल भेडागोठाला भए। एक दिन कयिनले परमेश्‍वरलाई केही सागसब्जी भेटी चढाए। हाबिलले चाहिँ। आफ्ना सबैभन्दा राम्रा भेडाहरू परमेश्‍वरलाई भेटी चढाए। परमेश्‍वरले हाबिलको भेटी ग्रहण गर्नुभयो।

परमेश्‍वरले कयिनको भेटी ग्रहण गर्नुभएन। कयिन असाध्यै रिसाए। तर परमेश्‍वरले भन्‍नुभयो, “यदि तैंले जे ठीक छ त्यो गरिस् भने ताँ ग्रहणयोग्य हुँदैनस् र?”

कयिनको रिस मरेन। केही समयपछि खेतमा तिनले हाबिललाई हिर्काएर मारे!

परमेश्‍वरले कयिनलाई भन्‍नुभयो, “तेरो भाइ हाबिल कहाँछ?” “मलाई थाहा छैन,” कयिनले ढाँटे। “के म मेरो भाइको गोठाला हुँ र?” परमेश्‍वरले कयिनलाई सजाय दिनुभयो अनि खेतीकिसानी गर्न नसक्ने र डुलुवा बनाइदिनुभयो।

कयिन परमप्रभुको उपस्थितिदेखि निस्किगए। तिनले विवाह गरे र तिनीहरूको एउटा परिवार भयो। छिट्‍टै नै, कयिनले बसालेका सहर तिनका नातिनातिना र पनातिपनातिनाहरूले भरियो।

उता आदम र हव्वाको परिवार पनि छिट्‍टै वृद्धि भयो। ती दिनमा मानिसहरू अहिलेभन्दा धेरै लामो समयसम्म बाँच्थे।

शेतलाई जन्माएपछि हव्वाले भनिन्, “परमेश्‍वरले मलाई हाबिलको सट्‍टामा शेत दिनुभयो।”शेत धर्मी मानिस थिए जो ९१२ वर्ष बाँचे र तिनका धेरै सन्तान भए।

संसारमा एकपछि अर्को पुस्ता गर्दै मानिसहरू झन्‌झन् दुष्‍ट हुँदै गए। अन्त्यमा परमेश्‍वरले मानवजातिलाई र

सबै जनावरहरू र चराहरूलाई नाश पार्ने निर्णय गर्नुभयो। मानिसलाई बनाएकोमा परमेश्‍वरले पछुतो गर्नुभयो। तर एकजना मानिसले परमेश्‍वरलाई खुसी पारे...

ती मानिस नोआ थिए। शेतका सन्तान नोआ धर्मी र निर्दोष मानिस थिए। तिनी परमेश्‍वरसँगै हिँडे। तिनले आफ्ना तीनजना छोराहरूलाई पनि परमेश्‍वरको आज्ञा पालन गर्न सिकाए। अब परमेश्‍वरले नोआलाई अत्यन्त अनौठो र विशेष तरिकाले प्रयोग गर्ने योजना बनाउनुभयो!

समाप्‍त

धर्मशास्त्र

दिन 1दिन 3

यस योजनाको बारेमा

बालबालिकाहरूका लागि बाइबलको

यो सबै कसरी सुरु भयो? हामी कहाँ बाट आयो? संसारमा किन यति दुखाइ छ? कुनै आशा छ? त्यहाँ मृत्यु पछि जीवन छ? संसारको यो वास्तविक इतिहास पढ्ने जवाफहरू फेला पार्नुहोस्।

More

हामी Bible for Children, Inc लाई यो योजना प्रदान गर्नुभएकोमा धन्यवाद दिन चाहन्छौं। थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्: https://bibleforchildren.org/languages/nepali/stories.php