बालबालिकाहरूका लागि बाइबलकोनमूना
बाइबलको यो कथाले अद्भूत परमेश्वरबारे हामीलाई बताउँछ जसले हामीलाई बनाउनुभयो। हामीले उहाँलाई चिनेको उहाँ चाहनुहुन्छ।
हामीले खराब कामहरू गरेका छौं भन्ने परमेश्वर जान्नुहुन्छ जसलाई उहाँ पाप भन्नुहुन्छ। पापको सजाय मृत्यु हो, तर परमेश्वरले हामीलाई यति धेरै प्रेम गर्नुहुन्छ कि हाम्रो पापको निम्ति क्रूसमा मरेर सजाय भोग्न उहाँले आफ्ना एकमात्र पुत्र येशूलाई पठाउनुभयो। त्यसपछि प्रभु येशू फेरि जीवित हुनुभयो र स्वर्गको आफ्नो घरमा जानुभयो। यदि हामीले प्रभु येशूमा विश्वास गर्यौं र हाम्रा पापहरू क्षमा गरिदिन उहाँसँग बिन्ती गर्यौं भने उहाँले हामीलाई क्षमा गर्नुहुन्छ। अनि उहाँ हामीभित्र आएर वास गर्नुहुन्छ र हामी सधैंभरि उहाँसँगै बस्ने छौं।
यदि तिमी यो कुरा साँचो हो भनी विश्वास गर्छौ भने परमेश्वरलाई यसो भन: प्यारो प्रभु येशू, तपाईं परमेश्वर हुनुहुन्छ, मेरा पापहरूको निम्ति मर्न तपाईं मानिस बन्नु भयो र अहिले फेरि जीवित हुनुभएको छ भनी म विश्वास गर्छु। कृपा गरी मेरो जीवनमा आउनुहोस् र मेरा पापहरू क्षमा गर्नुहोस् ताकि मैले अहिले नयाँ जीवन पाउन र सधैंभरि तपाईंसँग बस्न सकूँ। तपाईंको आज्ञा पालन गर्न र तपाईंको सन्तान भएर तपाईंको निम्ति जिउन मलाई सहायता गर्नुहोस्। आमेन।
दिनहुँ बाइबल पढ र परमेश्वरसँग कुराकानी गर।
यस योजनाको बारेमा
यो सबै कसरी सुरु भयो? हामी कहाँ बाट आयो? संसारमा किन यति दुखाइ छ? कुनै आशा छ? त्यहाँ मृत्यु पछि जीवन छ? संसारको यो वास्तविक इतिहास पढ्ने जवाफहरू फेला पार्नुहोस्।
More
हामी Bible for Children, Inc लाई यो योजना प्रदान गर्नुभएकोमा धन्यवाद दिन चाहन्छौं। थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्: https://bibleforchildren.org/languages/nepali/stories.php