YouVersion लोगो
खोज आइकन

बालबालिकाहरूका लागि बाइबलकोनमूना

बालबालिकाहरूका लागि बाइबलको

दिन 7 को 8

पृथ्वीमा रहनुहुँदा प्रभु येशूले आफ्ना चेलाहरूलाई स्वर्गको बारेमा बताउनुभयो। उहाँले यसलाई, “मेरा पिताको घर,” भन्‍नुभयो र त्यहाँ धेरैवटा महलहरू छन् भनी भन्‍नुभयो। महल भनेको विशाल, सुन्दर घर हो। स्वर्ग संसारको कुनै पनि घरभन्दा ठूलो र सुन्दर हुन्छ।

प्रभु येशूले भन्‍नुभयो, “म तिमीहरूका निम्ति ठाउँ तयार पार्न जान्छु। र यदि म गएँ र तिमीहरूका निम्ति ठाउँ तयार पारेँ भने, म तिमीहरूलाई लिन फेरि आउनेछु।”मरेकाहरूबाट पुनः जीवित हुनुभएपछि प्रभु येशू स्वर्ग जानुभयो। उहाँका चेलाहरूले हेर्दैगर्दा प्रभु येशू माथि उचालिनुभयो र एउटा बादलले उहाँलाई तिनीहरूका नजरबाट लुकाइलग्यो।

तबदेखि क्रिश्‍चियनहरूले प्रभु येशूको त्यही प्रतिज्ञा सम्झेका छन् - तिनीहरूलाई लिन उहाँ फेरि आउनुहुन्छ। उहाँ नचिताइएको समयमा अचानक आउनुहुन्छ भनी प्रभु येशूले भन्‍नुभयो। तर उहाँ आउनुभन्दा अगाडि मर्ने क्रिश्‍चियनहरूलाई के हुन्छ त? तिनीहरू सीधै प्रभु येशूसँग रहनलाई जान्छन् भनी बाइबलले भन्छ। शरीरमा नरहनु भनेको प्रभुसँग रहनु हो। प्रभुसँग रहनुभएका

बाइबलको अन्तिम पुस्तक प्रकाशको पुस्तकले स्वर्ग कति सुन्दर छ भनी हामीलाई भन्छ। सबैभन्दा सुन्दर कुरा त के भने, स्वर्ग परमेश्‍वरको घर हो। परमेश्‍वर जताततै हुनुहुन्छ तर उहाँको सिंहासन स्वर्गमा छ।

स्वर्गदूतहरू र अन्य स्वर्गीय प्राणीहरूले स्वर्गमा परमेश्‍वरको आराधना गर्छन्। मरेर स्वर्ग गएका परमेश्‍वरका सबै जनहरूले पनि त्यसो नै गर्छन्। तिनीहरूले परमेश्‍वरको प्रशंसाका विशेष भजनहरू गाउँछन्। तिनीहरूले गाउने एउटा भजनका केही शब्दहरू यस प्रकार छन्ः तपाईं योग्यका हुनुहुन्छ किनकि आफ्नै रगतद्वारा तपाईंले हरेक कुल, भाषा, मानिस र जातिबाट हामीलाई परमेश्‍वरका निम्ति किनेर छुटाउनुभएको छ अनि हामीलाई हाम्रा परमेश्‍वरका निम्ति राजाहरू र पूजाहारीहरू बनाउनुभएको छ। (प्रकाश ५:९)

बाइबलका सबैभन्दा अन्तिम पृष्‍ठहरूले स्वर्गलाई, “नयाँ यरूशलेम,” भनी व्याख्या गर्छन्। यो अति अग्लो पर्खालले घेरिएको अत्यन्त विशाल हुन्छ। यसको पर्खाल स्फटिकजत्तिकै पारदर्शी बिल्‍लौरले बनेको हुन्छ। उक्त पर्खालको जग आकर्षक तथा चम्किने रत्नहरू र अमूल्य पत्थरहरूले ढाकिएको हुन्छ। सहरको हरेक ढोका एउटा सिङ्गै विशाल मणीले बनेको हुन्छ!

ती विशाल मणीले बनेका ढोकाहरू कहिल्यै बन्द हुँदैनन्। भित्र जाऔं र वरिपरि हेरौं त....आहा! स्वर्ग भित्रपट्टि त झन् सुन्दर हुन्छ। पारदर्शी सिसाजस्तै शुद्ध सुनले सहर बनेको हुन्छ। सडकहरूसमेत सुनले बनेका हुन्छन्।

परमेश्‍वरको सिंहासनदेखि जीवनको पानीको सुन्दर, कन्चन नदी बग्छ। उक्त नदीका दुवैपट्टि जीवनको रूख हुन्छ जुन सर्वप्रथम अदनको बगैंचामा पाइएको थियो। यो रूख अत्यन्त विशेष हुन्छ। यसले हरेक महिना भिन्दाभिन्दै गरी बाह्र किसिमका फल फलाउँछ। अनि जीवनको रूखका पातहरू जातिहरूलाई निको पार्नका निम्ति हुन्।

स्वर्गमा उज्यालो दिनको लागि घाम वा जुन चाहिँदैन। परमेश्‍वरकै महिमाले त्यसलाई अचम्मको ज्योतिले भर्छ। त्यहाँ कहिल्यै रात पर्दैन।

स्वर्गका जनावरहरूसमेत भिन्दै हुन्छन्। ती सबै अनुशासित र मित्रवत हुन्छन्। ब्वाँसा र थुमाहरू सँगै चर्छन्। बलिया सिंहहरूले गोरुले झैं पराल खाइरहेका हुन्छन्। परमप्रभु भन्‍नुहुन्छ, “तिनीहरूले मेरा सबै पवित्र पर्वतमा न त केही हानि न नोक्सानी गर्नेछन्।”

वरिपरि हेर्दा स्वर्गमा केही कुरा नभएका हामीलाई थाहा हुन्छ। क्रोधका कुनै पनि शब्दहरू कहिल्यै पनि सुनिँदैनन्। कसैले पनि झगडा गर्दैन वा कोही पनि स्वार्थी हुँदैन। ढोकाहरूमा ताल्चा हुँदैन किनभने स्वर्गमा चोरहरू हुँदैनन्। त्यहाँ ढँटुवाहरू, हत्याराहरू, तन्त्रमन्त्र गर्नेहरू वा अन्य दुष्‍ट मानिसहरू हुँदैनन्। स्वर्गमा कुनै किसिमको पनि पाप हुँदैन।

परमेश्‍वर वास गर्नुहुने स्वर्गमा आँसु हुँदैन। कहिलेकाहीँ यो जीवनका विशाल कष्‍टहरूको कारण परमेश्‍वरका जनहरू रुनेछन्। स्वर्गमा परमेश्‍वरले सबै आँसु पुछिदिनुहुनेछ।

स्वर्गमा मृत्यु पनि हुँदैन। परमेश्‍वरका जनहरू सदासर्वदा परमप्रभुसँग रहनेछन्। त्यहाँ कष्‍ट, रोदन, पीडा हुँदैन। रोग, बिछोड, मृत्यु हुँदैन। स्वर्गमा सबैजना परमेश्‍वरसँगै सदासर्वदा खुसी हुन्छन्।

सबैभन्दा उत्तम कुरा, स्वर्ग ती बालबालिकाका लागि (र वयस्कहरूका लागि पनि) हो जसले येशू ख्रीष्‍टलाई आफ्ना मुक्तिदाता भनी विश्‍वास गरेका छन् र उहाँलाई आफ्ना प्रभु भनी उहाँको आज्ञा पालन गरेका छन्। थुमाको जीवनको पुस्तक स्वर्गमा एउटा पुस्तक हुन्छ जसको नाम थुमाको जीवनको पुस्तक हो। यसमा मानिसहरूका नाम लेखिएको हुन्छ। त्यहाँ कसको नाम लेखिएको छ भन्‍ने के तिमीलाई थाहा छ? प्रभु येशूमाथि भरोसा गर्ने सबै मानिसहरूका नाम। के तिम्रो नाम त्यहाँ छ?

स्वर्गको बारेमा बाइबलले भनेका अन्तिम शब्दहरू एउटा अति सुन्दर निम्तो हुन्। “अनि आत्मा र दुलही भन्‍नुहुन्छ: ‘आँओ!’ अनि जसले सुन्छ, उसले भनोस्: ‘आँओ!’ अनि जो तिर्खाउँछ, ऊ आओस्। अनि जसले चाहन्छ, उसले सित्तैंमा जीवनको पानी लेओस्।”

समाप्‍त

दिन 6दिन 8

यस योजनाको बारेमा

बालबालिकाहरूका लागि बाइबलको

यो सबै कसरी सुरु भयो? हामी कहाँ बाट आयो? संसारमा किन यति दुखाइ छ? कुनै आशा छ? त्यहाँ मृत्यु पछि जीवन छ? संसारको यो वास्तविक इतिहास पढ्ने जवाफहरू फेला पार्नुहोस्।

More

हामी Bible for Children, Inc लाई यो योजना प्रदान गर्नुभएकोमा धन्यवाद दिन चाहन्छौं। थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्: https://bibleforchildren.org/languages/nepali/stories.php