बालबालिकाहरूका लागि बाइबलकोनमूना
येशूले धेरै चमत्कारी कामहरू गर्नुभयो। यी कामहरूले येशू साँच्चै नै परमेश्वरको पुत्र हुन् भन्ने देखाउथे। पहिलो चमत्कारी काम विवाह भोजमा भएको थियो। त्यहाँ एउटा समस्या देखियो। त्यहाँ सबैलाई पुग्ने दाखमद्य थिएन।
येशूकी आमा मरियमले उहाँलाई यो समस्याको विषयमा बताइन्, र “येशूले जे आज्ञा गर्नुहुन्छ, त्यही गर,” भनी नोकरहरूलाई भनिन्।
“घ्याम्पाहरूमा पानी हाल”येशूले भन्नुभयो। “पानी?” तिनीहरूले सोध्नथाले। हो, येशूले पानी अनुरोध गर्नुभयो।
त्यसपछि ठूलो घ्याम्पा मध्ये एउटाबाट अलिकति झिकेर भोजको मुख्य व्यक्तिलाई चाख्न देओ भनी एक जना नोकरलाई अह्राउनुभयो। त्यो पानी अब दाखमद्य भएको थियो! राम्रो दाखमद्य! उत्तम दाखमद्य!
नोकरहरू चकित भए। येशूले पानीलाई दाखमद्यमा परिणत गर्नुभएको थियो। यस्तो चमत्कारी काम त परमेश्वरले मात्र गर्न सक्नुहुन्छ।
येशूले अरू चमत्कारी कामहरू पनि गर्नुभयो। एक साँझ, उहाँ र उहाँका चेलाहरू पत्रुसको घरमा गए। पत्रुसको सासू ज्वरोले बिमारी भएकी थिइन्।
जब येशूले ती बिमारी स्त्रीको हात छुनुभयो, त्यसै घड़ी तिनी निको भइहालिन्। तिनी येशू र उहाँका चेलाहरूको सेवा गर्नलाई उठिन्।
त्यस साँझ पूरै सहरका मानिस ढोका नजिक भेला भएजस्तो देखिन्थ्यो। अन्धो, बहिरो, गुंगो अनि लंगड़ोहरू आएका थिए। तिनीहरूमा भूत लागेको मानिसहरू पनि येशूकहाँ आएका थिए। के उहाँले धेरैलाई सहायता गर्न सक्नु भयो त?
येशू परमेश्वरको पुत्रले सहायता गर्न सक्नुहुन्थ्यो। येशूले सहायता गर्नुभयो। जति जना उहाँकहाँ आए, तिनीहरू सबै निको भए। मानिसहरू जो हिँड़नै सकेका थिएनन् तिनीहरू हिँड़े, दौड़े अनि उफ्रन सके।
अरूहरू पनि आए, जो कुष्ठरोगले कुरुप भएका थिए। येशूले तिनीहरूलाई निको पार्नुभयो र तिनीहरू स्वस्थ र शुद्ध भए।
भूत आत्माले गाँजेका पुरूष र स्त्रीहरू येशूको अघि आए। उहाँले भूतहरूलाई तिनीहरूबाट निस्कने आज्ञा दिनुभयो। दुष्ट आत्माहरूले आज्ञा मानेर निस्केर गए र ती जो भयभीत र बेखुशी रहेका मानिसहरू अब शान्त अनि आनन्दित भए।
भीड़को पछि चार जना मानिसहरूले तिनीहरूको मित्रलाई येशूको अघि ल्याउन कोसिस गरिरहेका थिए। तर तिनीहरू नजीक आउन सकेनन्। तब तिनीहरूले के गर्न सक्थे?
चार विश्वासयोग्य साथीहरूले त्यस बिमारीलाई बोकेर घरको छानोमा पुर्याएर अनि छानोलाई तानेर उघारे र त्यसलाई तल झारे। अब ऊ येशू नजिक थियो।
येशूले ती चार जना साथीहरूको विश्वास देख्नुभयो। उहाँले त्यो बिमारी मानिसलाई भन्नुभयो, “तिम्रो पाप क्षमा भएको छ। तिम्रो ओछ्यान उठाएर हिँड।”त्यो मानिस निको भयो अनि बलियो भई उठ्यो। येशूले उसलाई निको पार्नु भएको थियो।
त्यसपछि लगत्तै, येशू चेलाहरूसँग डुङ्गामा हुनुहुन्थ्यो। डरलाग्दो आँधीले समुद्रलाई हल्लायो। येशू निदाउनु भएको थियो। डराइरहेका चेलाहरूले उहाँलाई उठाए। “प्रभु हामीलाई बचाउनुहोस्,” भनेर तिनीहरू कराए। “हामी मर्न लागेका छौं।”
“शान्त होइजा,” येशूले छालहरूलाई आज्ञा गर्नुभयो। तुरुन्तै, समुद्र शान्तभयो। “कस्तो प्रकारको मानिस हो?” भनेर चेलाहरू कानेखुशी गर्न लागे। आँधी र तुफानले समेत उहाँको आज्ञा मान्दारहेछन्। तिनीहरूले येशू परमेश्वरका पुत्र हुनुहुन्छ भनी विश्वास गरे किनकि उहाँको चमत्कारी कामले उहाँको महिमा प्रदर्शन गर्यो। चेलाहरूलाई त्यो थाहा थिएन, तर येशूले मानिसमाझ परमेश्वरको सेवा गर्दा अझ् अचम्मलाग्दा महान काम प्रदर्शन गर्नुहुनेथियो।
समाप्त
यस योजनाको बारेमा
यो सबै कसरी सुरु भयो? हामी कहाँ बाट आयो? संसारमा किन यति दुखाइ छ? कुनै आशा छ? त्यहाँ मृत्यु पछि जीवन छ? संसारको यो वास्तविक इतिहास पढ्ने जवाफहरू फेला पार्नुहोस्।
More
हामी Bible for Children, Inc लाई यो योजना प्रदान गर्नुभएकोमा धन्यवाद दिन चाहन्छौं। थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्: https://bibleforchildren.org/languages/nepali/stories.php