ख्रीष्टको अनुसरण गर्नुनमूना

हामीलेजसको अनुसरण गर्छौ त्यसलेनिर्धारण गर्छकिहामी कहाँ जान्छौं
अनुसरण गर्ने बारेमासबैभन्दा महत्त्वपूर्ण कुरा होकि हामी कसलाई अनुसरण गर्छौ। चमत्कारहामीलेउहाँकोअनुसरण गर्नुमा होईन तर यसमा हो किउहाँ को हुनुहुन्छ। हामी येशू,परमेश्वरको पुत्र,देहधारी परमेश्वरको अनुसरण गर्छौ। जब उहाँले आफ्ना पहिलो चेलाहरूलाईचुन्नुभयो,उहाँले आफूलाईतिनीहरु अघिरोटीकोसंख्या बढाउनुहुने,आँधीबेहरीलाईशान्तपार्नुहुने,पानीमा हिड्नुहुने,छुटकारा दिनुहुने,चंगाई दिनुहुनेर शिक्षकको रूपमा देखाउनुभयो। मानिसहरूलाईयो बुझाउनको लागि किउनीहरूलाई उहाँको अत्यन्तै आवश्यकता किनछ,येशूले आफैलाई विभिन्न चीजहरू पनिभन्नुभयो,यद्यपि उनीहरूलाई योअहिले सम्मथाहा थिएन। उहाँलेभन्नुभयोकि मईलेव्यवस्था पूरागरे,मस्वर्गको रोटी,जीवित पानी,ढोका,असल गोठालो,संसारको ज्योति,बाटो,सत्य र जीवनहु।
आजहामीत्यहीपरमेश्वरको अनुसरण गर्छौतर हामीजान्दछौ किचेलाहरूले उहाँलाईजतिचिनेका थिए, उहाँत्यो भन्दाकईअधिकहुनुहुन्थियो। उहाँ सारा पृथ्वीको आउने राजा र न्यायकर्ता हुनुहुन्छ। उहाँ सिंह र थुमा हुनुहुन्छ।उहाँ सारा संसारका मुक्तिदाता र उद्धारकर्ता हुनुहुन्छ। उहाँ मरेकाहरूमध्यजेठाहुनुहुन्छर पाप र मृत्युमाथि विजयी हुनुहुन्छ। उहाँ अनन्त पिता र सत्यको आत्मा हुनुहुन्छ। उहाँ हाम्रो निरन्तर साथी हुनुहुन्छ जो हामी भित्र वास गर्नुहुन्छ,उहालेविश्वास,सल्लाह र सान्त्वनाल्याउनुहुन्छ।
हामी प्रत्येकले परमेश्वरकोत्योचरित्रमा झुकाव राख्छौं जुनसँग हामी सबैभन्दा बढी सम्बन्धित छौं र सबैभन्दा सहज छौं तर ख्रीष्टको अनुसरण गर्नेयो यात्रा रोमाञ्चक छ किनभने हामीले उहाँको सबै आश्चर्यजनक विशालतामा परमेश्वरलाई अनुभव गर्न सक्छौं!
उहाँ पवित्रतामा शानदार हुनुहुन्छ।
उहाँ आनन्दित रूपमा अप्रत्याशित हुनुहुन्छ।
उहाँ व्यापक रूपमा शक्तिशाली हुनुहुन्छ।
उहाँ असीमरुपमारचनात्मक हुनुहुन्छ।
उहाँ आफ्नो मुक्तिको रणनीति र उहाँको पुनर्स्थापना उपायहरूमा अत्यधिक आविष्कारशील हुनुहुन्छ।
उहाँलाई हाम्रो सानोमनर सीमित कल्पनाहरू द्वारा संयम,नियन्त्रण वा सीमित गर्न सकिँदैन।
आफुलेसृष्टि गर्नुभएको संसारलाई उहाँलेअनन्त माया गर्नुहुन्छ।
उहाँबाट टाढा भइसकेकाहरूको खोजीमा उहाँ अथक हुनुहुन्छ।
येशूले हामीलाई दिनुभएको महान् आज्ञा मूलतः व्यवस्थाको पुस्तकबाट लिइएको हो जसमा भनिएको छ, "हे इस्राएल सुन,परमप्रभु तिमिहरुकापरमेश्वर एक हुनुहुन्छ।"परमेश्वरको बारेमा हाम्रोसीमित अनुभवको आधारमाउहाँलाईहाम्रो चंगाईकर्ता वा जुटाउनु हुनुहुनेमाविभाजन गर्न धेरै सजिलो छ,तर उहाँ हाम्रोमनले कल्पना गर्न सक्ने भन्दाकई अधिकहुनुहुन्छ।उहामहान्,बहुआयामी,अविश्वसनीय रूपले अद्भुत परमेश्वर एक हुनुहुन्छ। येशूकोअनुयायीको रूपमा,तपाईंले आफ्नो जीवनको हरेक मौसममा उहाँलाईहर प्रकारलेअनुभव गर्न सक्नुहुन्छ।एक मौसममा,तपाईंले उहाँलाईचंगाईकर्ताकोरूपमा देखा पर्ने आशा गरिरहनुभएको हुन सक्छ तर उहाँ सम्भवतः पुनर्स्थापनाकर्ताको रूपमा देखा पर्नुहुनेछ। तपाईंलाईजटाउनुहुनुहुनेकोआवश्यकता पर्न सक्छ तर तपाईंले हरेक परिस्थितिबाटछुटकारापाउन सक्नेउहाँको क्षमता पत्ता लगाउनुहुनेछ।हामी कहिलेकाहीँ हाम्रो यात्रामा निराशाको अनुभव गर्छौं जब हामीले आशा गरे अनुसारपरमेश्वरदेखापर्नुहुदैन। हुनसक्छ यो समय हो कि तपाईंले आफ्नो आत्मिक आँखा खोल्नको लागि परमेश्वरलाई सोध्नुहोस् कि उहाँलेहाल तपाईंको जीवनमा कसरीकाम गरिरहनुभएको छ भनेर देखाउनुहोस्।उहाले तपाईलाईकहिल्यैनछोड्ने वा नत्याग्नेआफ्नोवाचापुरा गर्नुहुन्छ।
घोषणा: मलाई थाहा छ किपरमेश्वरमेरो जीवनमा काम गर्दै हुनुहुन्छ।
यस योजनाको बारेमा

यो बाइबल योजना तपाईंको लागि उपयुक्त छ यदि तपाईं प्रत्येक दिन येशूको अनुसरण कसरी गर्ने भनेर सोचिरहनुभएको छ। येशूलाई हो भन्नु पक्कै पनि पहिलो कदम हो। जबकि यस पछि के हुन्छ भने उहाँलाई बारम्बार हो भनिरहने र उहाँसँग कदम चाल्दै जाने जीवनभरको यात्रा हो।
More
हामी यो योजना उपलब्ध गराउनु भएकोमा We Are Zion लाई धन्यवाद दिन चाहन्छौं। थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्: https://www.instagram.com/wearezion.in/https://www.instagram.com/wearezion.in/