ख्रीष्टको अनुसरण गर्नुनमूना

ख्रीष्टको अनुसरण गर्नु

दिन 9 को 12

आफ्नो सम्पूर्ण हृदयले उहाँको अनुसरण गर्नुहोस्

हाम्रो हृदयहरूयसरीविभाजितभएका छन। हाम्रो प्रेम र वफादारी स्वाभाविक रूपमा परिवार,काम,साथीहरू,शौक र कहिलेकाहीं खानाको बीचमा विभाजित हुन्छन्। यद्यपि यी मध्ये कुनै पनि गलत छैन,तरतिनीहरूलेकहिलेकाहीँ हाम्रो प्रेम र स्नेहउहाबाटचोर्न सक्छन् जसलेशुरुवातमाहामीलाई यी सबै चीजहरू दिनुभयो। जब हामी येशूको अनुसरण गर्छौ,हामीलाई हाम्रो हृदयको पूर्ण पुनर्स्थापना चाहिन्छ ताकि हामी उहाँको लागि सबैभन्दापहिलाठाउँ बनाउन सकौ। अगमवक्ता यर्मियाले भन्दछनसबै कुरा भन्दा हृदय छलीछ,त्यसैले हामीले यसलाई सुरक्षित राख्नुपर्छ र यसलाई नजिकबाट नियाल्नुपर्छ। प्रत्येक इच्छा र महत्वाकांक्षालाई आधारभूत रूपमा परमेश्वरलाई खुशी पार्ने इच्छाले प्रतिस्थापन गर्न आवश्यक छ। इच्छाहरू र महत्वाकांक्षाहरू कहिल्यै गलत हुँदैनन् जब तिनीहरूले ख्रीष्टमा पूर्ण रूपमा समर्पित हृदयमा आफ्नो स्थान पाउँछन्।कालेब र यहोशू अरू दस इस्राएलीहरूका बीचमा परमेश्‍वरसामु उभिए जसलाई प्रतिज्ञा गरिएको देशको जासुसी गर्न पठाइएको थियो। तिनीहरू आफ्नो परमेश्वरप्रतिको अटल रसम्पूर्णहृदयको भक्तिको कारणले गर्दा तिनीहरू अलग थिए।तिनीहरूको हृदय परमेश्‍वरको आज्ञापालनमा केन्द्रित भएको हुनाले,बाटोमा केहीदैत्यहरूको सामना गर्नुपरेको भए तापनि उहाँले तिनीहरूलाई अगुवाइ गर्नुभएको ठाउँमा तिनीहरू निडर थिए।

यदि हाम्रो हृदय येशूको अनुसरण गर्नपूर्णतया प्रतिबद्ध छ भने,यो हामीले परमेश्वर र उहाँको राज्यको कामको लागि बोक्ने जोशर उत्साहबाटस्पष्ट रुपमादेखिनेछ। परमेश्वरका चीजहरू र यस संसारका चीजहरू बीचको हाम्रो विभाजित स्नेहमाहाम्रो अधुरो प्रतिबद्धतादेखापर्नेछ।हामी बाँचिरहेको अशान्तिपूर्ण समयमा अर्को समस्या भनेको हाम्रो वरिपरि भइरहेका चीजहरूप्रति कठोर हृदयको विकास हो। यस प्रकारको हृदय भएका व्यक्तिहरू ती हुन् जो परमेश्वरको स्पर्शको लागि असंवेदनशील हुनेछन् र अन्ततः ख्रीष्टको अनुसरण गर्नछोड्नेछन् किनभने उनीहरूले आफ्ना धेरै प्रश्नहरूकोउत्तर पाउनेछैनन्।अर्कोतर्फ,नरम हृदय भएकाहरू ती हुन् जो परमेश्वरको स्पर्शकोप्रतिसंवेदनशील हुन्छन् र उहाँलेतिनीहरूमा रतिनीहरुकोवरिपरिगरिरहनुभएका कुराहरूलाई ग्रहणशील गर्नुहुन्छ। हाम्रो पहिलो प्रेम,येशूको लागि हाम्रो हृदयमा ठाउँ बनाउन यो हाम्रो सर्वोच्च प्राथमिकताहरू मध्ये एक हुनुपर्छ।

घोषणा: म सधैं मेरो हृदयको रक्षा गर्नेछु।

यस योजनाको बारेमा

ख्रीष्टको अनुसरण गर्नु

यो बाइबल योजना तपाईंको लागि उपयुक्त छ यदि तपाईं प्रत्येक दिन येशूको अनुसरण कसरी गर्ने भनेर सोचिरहनुभएको छ। येशूलाई हो भन्नु पक्कै पनि पहिलो कदम हो। जबकि यस पछि के हुन्छ भने उहाँलाई बारम्बार हो भनिरहने र उहाँसँग कदम चाल्दै जाने जीवनभरको यात्रा हो।

More

हामी यो योजना उपलब्ध गराउनु भएकोमा We Are Zion लाई धन्यवाद दिन चाहन्छौं। थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्: https://www.instagram.com/wearezion.in/https://www.instagram.com/wearezion.in/