ख्रीष्टको अनुसरण गर्नुनमूना

अनुसरण गर्नुको अर्थ थाहापाउनु होइन
येशूको अनुसरण गर्नुरोमाञ्चक छ किनभने प्रायः हामीसँग सबै विवरणहरू हुँदैनन्।उत्साहितहुन र एक्लोपन कममहसुस गर्न हाम्रो विश्वासका नायकहरूलाई हेर्नुहोस्। अब्राहाम र सारालाई तिनीहरूको भूमिबाट अज्ञातठाउँमा बोलाइयो जबकि नूहलाई आफ्नो परिवार र जनावरहरू राख्नको लागि ठूलो जहाज बनाएर बाढीको लागि तयारी गर्न भनियो। नहेम्याहले आफ्नो टाढाको मातृभूमिको भाँचिएको पर्खालहरू पुनर्निर्माण गर्नअगुवाईगरेको महसुस गरे जबकि अगमवक्ताहरूले शत्रुहरूको हातमापरेर आउनेविपत्तिकोबारेपत्र लेखे, जो त्यस बेला सम्म अदृष्य थियो। तिनीहरूमध्ये कुनैसंगपनि पूरै तस्वीर थिएन। तिनीहरूसँग केवलकेहि झलकथियोजुन परमेश्वरले तिनीहरूलाई हेर्न अनुमति दिनुभएको थियो जबकि तिनीहरूले बाँकीको लागि परमेश्वरमा भरोसा राख्नुपर्ने थियो। अर्को पाइला खतरनाक रूपमाडरलाग्दोदेखिए तापनि परमेश्वरले तिनीहरूलाईअगुवाई गर्नु भएकोठाउँमा जानको लागितिनीहरुलेचरण-दर-चरण कदम चालेकाथिए।
हामी येशूको अनुसरण गर्दाआज हाम्रो लागि पनि त्यस्तै छ। जब हामी उहाँको वचन र आवाजको आज्ञाकारितामाअघि बढछौ,उहाँले हामीलाई अझ धेरै प्रकट गर्नुहुन्छ भनेर हामीले पाउँछौं।
यदि तपाईं येशूको अनुसरण गरेरआफ्नो जीवनको लागि स्पष्ट र पूर्ण खाका खोज्दै हुनुहुन्छ भने,तपाईं निराश हुन सक्नुहुन्छ किनभने त्यस्तो कुनै कागजात छैन। तपाईंसँग के छभनेउहाँको वचन,जुन लगभग उहाँको हृदयबाट तपाईंको लागि प्रेम पत्र जस्तैहो। जब तपाईं उहाँको वचन पढ्न थाल्नुहुन्छ र यसलाई आफ्नो हृदयमा समर्पित गर्नुहुन्छ तपाईंलेविश्वासको यात्रामा हिँड्दा यसले तपाईंको मार्गलाई उज्यालो पार्छ भनी पाउनुहुनेछ। उहाँको वचनले तपाईंलाईनाश हुनबाट जोगाउनेछ र परमेश्वरले तपाईंको लागि नियत गर्नुभएको बाटोमा तपाईंलाई डोऱ्याउनु हुनेछ। के तपाईं यो बाटोबाट भटकिनसक्नुहुन्छ?हो,तपाईं सक्नुहुन्छ तर तपाईं ढुक्क हुन सक्नुहुन्छ कि हामीसँग एक असल गोठालोहुनुहुन्छजसले आफ्नोभटकेकोभेडाहरू पछ्याउँछ। तपाई कहिल्यैपनि एतिटाढा जानु भएको छैनकितपाईको गोठालोले तपाईलाई खोज्न र तपाईलाई दिशामा फर्काउनन सक्नुभएको होस्।
घोषणा: मलाई मेरो भविष्यको विवरण थाहा नहुन सक्छ तर मेरोपरमेश्वरलाई थाहाछ!
धर्मशास्त्र
यस योजनाको बारेमा

यो बाइबल योजना तपाईंको लागि उपयुक्त छ यदि तपाईं प्रत्येक दिन येशूको अनुसरण कसरी गर्ने भनेर सोचिरहनुभएको छ। येशूलाई हो भन्नु पक्कै पनि पहिलो कदम हो। जबकि यस पछि के हुन्छ भने उहाँलाई बारम्बार हो भनिरहने र उहाँसँग कदम चाल्दै जाने जीवनभरको यात्रा हो।
More
हामी यो योजना उपलब्ध गराउनु भएकोमा We Are Zion लाई धन्यवाद दिन चाहन्छौं। थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्: https://www.instagram.com/wearezion.in/https://www.instagram.com/wearezion.in/