ख्रीष्टको अनुसरण गर्नुनमूना

अनुसरण गर्नु भनेकोचंगाईलाई साथमा लिएर हिड्नु
येशूकोसंसारिकसेवकाईमा रोगी र पीडामा परेकाहरूलाई निको पार्ने काम एकदमै संलग्नथियो। येशूले उहाँकहाँ आउने सबैलाई कसरी निको पार्नुभयो भनेर सुसमाचारहरूले वर्णन गर्दछ। उहाँलाई भेट्ने एक जना पनिनिको नभई गएनन।धर्मशास्त्रमायोपनि उल्लेख छ कि उहाँले सबै प्रकारका रोगहरू पनि निको पार्नुभयो। उहाँ त्यहाँ मात्रै रोकिनुभएन,तर उहाँले मानिसहरूलाई शैतानी दमनबाट पनि छुटकारा दिनुभयो जसले तिनीहरूलाई भावनात्मक र मानसिक रूपमा बाँधेर राखेको थियो।योआज पनि फरक छैन! येशू अझै पनि उहाँको अनुसरण गर्नेहामी सबैलाई निको पार्नुहुन्छ। हामीले हाम्रोचंगाईतुरुन्तै प्राप्त नगर्न सकौला,र यो हामीले कल्पना गरेको तरिकामापनिनहुन सक्छ,तर उहाँ सधैं उहाँलाई प्रेम गर्ने रउहाँको अनुसरण गर्नेहरूका लागि आउनुहुन्छ।
जब हामी योपरमेश्वरको अनुसरण गर्छौ,हाम्रो जीवनवास्तविकरूपमा उलट-पुलट हुन्छ! उहाँले हामीलाई एक अज्ञातर संघर्षले भरेकोबाटोबाट लैजानुहुन्छ जुन हामीले कहिल्यै कल्पना गरेका थिएनौं कि हामीत्यस द्वाराहिड्नेछौं। जीवनको यात्रा अघि बढ्दै जाँदा,हामीलेथाहा पाउछौकिचंगाईभनेकोशारीरिकरूपमा मात्र होइन तर समग्र स्तरमा हुने कुरा हो। हामी मानव हाम्रो अस्तित्वमा यति अचम्मको रूपमा जटिल छौं कि हामीसँग भौतिक शरीर मात्र छैन तर एकअर्कासँग जटिल रूपमा जोडिएकोप्राणर आत्मापनिछ। हामीमा बस्ने र चल्ने पवित्र आत्माले सम्बन्ध,भावनात्मक,शारीरिक,रचनात्मक,मानसिक र आध्यात्मिक रूपमाचंगाईल्याउँनु हुन्छ। योचंगाईलगभगअदृश्य हुन्छ तर बिस्तारै हामीलाई मात्र होइन,तर हाम्रो वरपरका मानिसहरूलाई चिन्न सकिने मूर्त तरिकाहरूमा देख्न थाल्छ! आज,हामीयस्तोएउटा किनारछौजुन येशूको समयमा बाँच्नेहरूथिएनन। यो ख्रीष्टको पुनरुत्थान शक्ति हो जुन येशूका प्रत्येक अनुयायीको लागि पहुँचयोग्य बनाइएको छ। यो शक्ति,जब यो हाम्रो शरीर,प्राणर आत्माको माध्यम बाटभएर जान्छ,मरेको सबैकुरालाई जीवनदिन्छर हामीलाई ख्रीष्ट स्वयंको रूपमा रूपान्तरण गर्न थाल्छ। हामी बिस्तारै,दिन प्रति दिन,परिस्थिति प्रति परिस्थिति,भित्री बाहिरी रूपमा परिवर्तन भएकोले हामी फेरि कहिल्यै उस्तै रहँदैनौं।
घोषणा: येशूकोकोर्राको चोटलेम निको भएको छु!
धर्मशास्त्र
यस योजनाको बारेमा

यो बाइबल योजना तपाईंको लागि उपयुक्त छ यदि तपाईं प्रत्येक दिन येशूको अनुसरण कसरी गर्ने भनेर सोचिरहनुभएको छ। येशूलाई हो भन्नु पक्कै पनि पहिलो कदम हो। जबकि यस पछि के हुन्छ भने उहाँलाई बारम्बार हो भनिरहने र उहाँसँग कदम चाल्दै जाने जीवनभरको यात्रा हो।
More
हामी यो योजना उपलब्ध गराउनु भएकोमा We Are Zion लाई धन्यवाद दिन चाहन्छौं। थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्: https://www.instagram.com/wearezion.in/https://www.instagram.com/wearezion.in/